समाचार हाइलाईट
Home / प्रदेश / मोरङका सबै निर्वाचन क्षेत्रमा मतदान सामग्रीसहित कर्मचारी खटिए

मोरङका सबै निर्वाचन क्षेत्रमा मतदान सामग्रीसहित कर्मचारी खटिए

विराटनगर (मोरङ), मंसिर १९ गते । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने ७ सय ५८ मतदानकेन्द्रमा मतदान समाग्रीसहित ६ हजार ६४ कर्मचारी तथा सुरक्षाकर्मी प्रस्थान गरेका छन् ।
मतदान अधिकृत र सहकायक मतदान अधिकृत एक हजार ५ सय १६ जना, सहायक कर्मचारी ३ हजार ३२ र कार्यालय सहयोगी १ हजार ५ सय १६ गरी कूल ६ हजार ६४ जना कर्मचारी खटाइएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
सञ्जेलका अनुसार निर्वाचन गराउन खटिने कर्मचारी आज साँझसम्म तोकिएको मतदान स्थल र मतदान केन्द्रसम्म पुग्नेछन् ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये क्षेत्र १ मा एकसय २७, क्षेत्र २ मा एकसय ३८, क्षेत्र ३ मा एकसय ४३, क्षेत्र ४ मा एकसय १४, क्षेत्र ५ मा एकसय ६ र क्षेत्र ६ मा एक सय ३० मतदान केन्द्र रहेका छन् ।
मोरङमा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै केन्द्र र कर्मचारी कूल एक हजार १ सय ४४ रहेका छन् । सबैभन्दा थोरै निर्वाचन क्षेत्र नम्बर ५ मा ८ सय ४८ मतदान केन्द्र र कर्मचारी रहेका छन् ।
क्षेत्रीय निर्वाचन कायालयका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ७ हजार २ सय ३४, क्षेत्र नम्बर २ मा एकलाख ११ हजार ३ सय २१, क्षेत्र नम्बर ३ मा एकलाख २७ हजार ४ सय ९५, क्षेत्र नम्बर ४ मा ९९ हजार १ सय २३, क्षेत्र नम्बर ५ मा ८९ हजार २ सय ८७ र क्षेत्र नम्बर ६ मा १ लाख १० हजार ३ सय २२ जना मतदाता रहेका छन् ।
मोरङमा कूल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेका छन् । जसमा महिला ३ लाख ८ हजार ७ सय ७५ र पुरुष ३ लाख २६ हजार ५ जना रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया