समाचार हाइलाईट
Home / अर्थ / निर्वाचन प्रयोजनका लागि मोरङका सबै नाका बन्द

निर्वाचन प्रयोजनका लागि मोरङका सबै नाका बन्द

विराटनगर (मोरङ), मंसिर १९ गते । मोरङको विराटनगरसँग जोडिएको नाका जोगबनीसहित मोरङसँग जोडिएका सबै सिमाका नाकाहरु सोमबार बेलुकी देखि नै बन्द भएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनलाई मध्यनजर गरेर सो नाका मंसिर १८ सोमबार बेलुकी ६ बजेदेखि मंसिर २१ गते बेलुकी सम्मका लागि सिमा नाका बन्द हुने बताएको छ ।
जिल्लाभर कुनैपनि प्रकारको मदिराको ओसार पसार, बेचबिखन र सेवनलाई पूर्ण रुपमा बन्द गर्ने र यस प्रावधानलाई कडाईका साथ कार्यान्वयन गराउने सुरक्षा समितिले जनाएको छ ।
बन्द अवधि सम्म जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका सवारी साधन वाहेक सम्पूर्ण सवारी साधन (सिटी रिक्सा, रिक्सा रमोटरसाइकल समेत) को संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया