समाचार हाइलाईट
Home / कला/साहित्य / तेह्र दिने किरिया संस्कार समयक्रमसँगै घटाउने बहस कायमै

तेह्र दिने किरिया संस्कार समयक्रमसँगै घटाउने बहस कायमै

मृत्युपछिको सामाजिक संस्कार (किरिया) बार्ने सम्बन्धमा समयको चक्रसँगै धेरै सरलीकरण हुँदै आएको छ । हाम्रो सामाजिक दिनचर्या जति व्यस्तता हुँदैछ, जति हामी आधुनिक बन्दैछौं त्यति नै किरियाको संस्कार परिमार्जन हुँदै आएको छ ।
जन्मदेखि मृत्युसम्म गरिने १६ हिन्दु संस्कारमध्ये अन्त्येष्टिलाई विशेष मानिएको छ । मृत्युपछि परलोकको सुख र कल्याणका लागि मृत्यु संस्कार आवश्यक ठानिन्छ ।

सती प्रथालगायत अनेकौँ अमानवीय प्रथालाई निषेध गरेर अघि बढेको हिन्दु धर्मले पनि किरिया संस्कारलाई समयसापेक्ष सुधार गर्न सके अति राम्रो हुने बताउँछन् संस्कृतिविद् मोदनाथ प्रश्रित ।

कुनै बेला १३ वर्षसम्म बारिने किरिया त्यसपछि समयचक्रसँगै १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा झरेको छ । अबका दिनमा त्यसलाई पनि घटाएर ५ वा ३ दिन बनाउने कसरत गरिँदैछ ।
राणा प्रधानमन्त्री जुद्धशमशेर पालासम्म किरिया ४५ दिन बार्ने चलन थियो। भारतको आर्यसमाज गुरुकुलबाट फर्केका शुक्रराज शास्त्रीले ४५ दिनको चलन ‘अवैदिक’ भएको तर्क राखे। सेतोपाटी डट कममा लेखिएको छ । दरबारका पण्डित–पुरोहितले शास्त्रीको तर्क खण्डन गरे। जुद्धशमशेरले वाल्मिकी रामायणको अयोध्याकाण्डसँग मेल खाने गरी १९९३ सालमा तेह्रदिने सामाजिक कानुन बनाए। अयोध्याकाण्डमा भरतले १३ दिन बारेको उल्लेख छ।
शुक्रराज उनै चार सहिदमध्येका हुन्, जसलाई राणा शासनविरुद्ध लागेको भन्दै फाँसी दिइएको थियो। त्यतिबेला ७९ वर्षदेखि चल्दै आएको ४५ दिने किरियाविधि १३ दिनमा झरेको थियो। यसपालि ८१ वर्षपछि अझ सरल गर्नुपर्ने बहस सुरु भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया