समाचार हाइलाईट
Home / माेफसल / जितपछि प्रतिबद्धता पुरा नभए जस्तोसुकै सजाय भोग्न तयार छु : अर्थमन्त्री कार्की

जितपछि प्रतिबद्धता पुरा नभए जस्तोसुकै सजाय भोग्न तयार छु : अर्थमन्त्री कार्की

दर्जनौं युवाहरु नेपाली कांग्रेसमा प्रवेश, प्रतिबद्धता पुरा गर्न कांग्रेस जित आवश्यक

इनरुवा (सुनसरी), सुनसरी क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी सभा, घरदैलो कार्यक्रमका अवसरमा गरिएका प्रतिबद्धता पुरा गर्न नसके आफूलाई यहि मञ्चमा ल्याएर जनताले जस्तो सजाय दिए पनि भोग्न तयार रहेको बताएका छन् ।
सुनसरीको लौकीमा सोमबार आयोजित अन्तिम चुनावी सभामा बोल्ने क्रममा अर्थमन्त्री कार्कीले जनताका सामु सो कुरा बताएका हुन् । बोल्ने क्रममा कार्कीले अन्यपार्टीका नेता तथा दलहरुलाई गाली नगरी खाली आफ्ना कुरा मात्र राखेका छन् । उनले भने– जननायक विश्वेश्वरप्रसाद कोइरालाको पदचिन्ह र गिरिजाप्रसाद कोइरालाको पदचिन्हलाई पछ्याउँदै, उहाँहरुको अनुयायीको हैसियतबाट यस ऐतिहासिक क्षेत्रलाई नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता पुनः दोहो¥याए ।
अयु अन्सारीको सभापतित्वमा आयोजित सो कार्यक्रममा बोल्दै कार्कीले भने–यस क्षेत्रमा बीपी र गिरिजाप्रसादका अधुरा सपना अनुबन्धित भएका छन् । उहाँहरुका अधुरा रहेका, लंगडा बनेका तिनै सपनाहरुलाई पुरा गर्ने प्रणका मलाई नेपाली कांग्रेसले यस क्षेत्रबाट निर्वाचन जित्न उम्मेदवारी दिएको हो । अर्थमन्त्री कार्कीले भने– यस क्षेत्रले जस्तो इतिहास बोकेको छ त्यो इतिहासलाई दिर्घजिवि बनाउन यस क्षेत्रलाई नमूना क्षेत्रको रुपमा स्थापित गर्ने पर्ने बाध्यता नेपाली कांग्रेसको काँधमा आएको छ, जसका लागि केही कामहरु प्रारम्भ पनि भईसकेका छन् । यसलाई मेरो अठोटको रुपमा लिइदिन समेत अग्रह गरे । कार्कीले भने– म अबको जिवन सुनसरी ४ का जनतालाई समर्पित गराउन चाहान्छु । उनले भने– यस क्षेत्रका जनताको समुन्नत भविष्यका लागि, यस क्षेत्रका जनताको सुखद्, परिणामुखी र समृद्धि जिवनका निम्ति आर्थिक क्रान्ति यसै क्षेत्रमा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


उपप्रधानमन्त्री तथा ३ नम्बर क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विजयकुमार गच्छदार, पूर्व मन्त्री तथा २ नम्बर क्षेत्रका कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिताराम मेहता, अर्थविद रामेश्वर कर्ण, तरुण दल सुननसरीका सभापति सिजन गुरुङ, इनरुवा नगरप्रमुख राजन मेहता तथा उपमेयर जमुना पोखरेल, मिन विश्वकर्मालगतयले शुभकामना मन्तव्य दिएको सो कार्यक्रममा बोल्दै कार्कीले आफ्ना योजनाका कुरा बताउँदै भने– यस क्षेत्रलाई सुन्दर, सभ्य र सुसंस्कृति क्षेत्रको पहिचान कायम गर्न लौकीमा ५० करोडको लागतमा ‘टाउन हल’ निर्माण कार्य सुरु गरिसकेको बताए । यसैगरी एक अरबको लागतमा देशकै प्रमुख उद्योगमध्येमा आर्युवेदिक केन्द्र स्थापनाको काम समेत सुरु भईसकेको छ ।
यस क्षेत्रका जनताको लागि अत्यन्तै कष्टकर बनाएको सुनसरी खोला बीपीको सपनासँग जोडिएको हुँदा यस खोलालाई अब आतंकको खोला नभएर यस क्षेत्रका जनताको समृद्धिको खोला बनाउने अभियानमा लागेको र सो खोलाको दिर्घकालिन सिंचाईको व्यवस्थापनबाट यहाँका हजारौं किसानहरुका लागि कृषि उत्पादन उर्वर भूमिमा परिणत गराउने अभियानमा लागेका बताए । यि र यस्तै तमाम समस्याहरुको निमूलीकरण गर्दै यस क्षेत्रको जनताको सुख र दुःखमा रमाउन चाहेको उनले बताए।
कार्कीले भने– यि कुराहरु केवल वाचनमा मात्र होइन, चुनावी भाषणमा मात्र होइन, दस्तावेजमा मात्र होइन, यि कुरा पुरा गर्ने सामथ्र्य र अठोटका साथ यस क्षेत्रमा उम्मेदवार भएर आएको छु ।
यसैगरी कार्कीले प्रचुर पर्यटनको सम्भावना बोकेको यस क्षेत्रको विकासका निम्ति कोशी जलयात्राको सोचलाई समेत अगाडि बढाउने र वन्यजन्तुबाट त्रसित भएका यस क्षेत्रका जनतालाई तिनै जन्तुबाट आयआर्जन गराउन ‘कोशी वन्यजन्तु आरक्षण’को रुपमा विकास गरेर यस क्षेत्रको अर्थोपार्जनको माध्यम बनाउने बताए । यस क्षेत्रलाई वन्यजन्तुको आतंकबाट दिर्घकालिन मुक्त गराउन पर्यटकीय स्थल बनाउने उद्देश्य रहेको बताए ।
यसैगरी स्वास्थ्यका क्षेत्रबाट यस क्षेत्रका जनताले पाएको दुःख साट्न पाँच वर्षभित्र २ सय वेडको सुविधासम्पन्न अस्पताल बनाउने अठोट व्यक्त गरे ।


यसैगरी हरिनगरा र भुटाहा नगदेबाली –तरकारी)को लागि अत्यन्तै उपयुक्त ठाउँ रहेकोलेले यस क्षेत्रको विकासका निम्ति, ति क्षेत्रका जनताको समृद्धिका निम्ति आयआर्जनमा अभिवृद्धि गर्न क्षेत्रीयस्तरको ‘कोल्ड स्टोर’को निर्माण गर्ने पनि बताए ।
क्षेत्र नम्बर ४ को विकास र समृद्धिलाई हार्न नदिने नेपाली कांग्रेसमा मतदान अनिवार्य
कार्कीले उद्योगधन्दाको सन्दर्भमा यस क्षेत्रमा देखिएका दुई वटा साना उद्योगबाट बढाएर पाँच वर्षभित्र केही ठूला उद्योगहरु सञ्चालनमा ल्याउने र यस क्षेत्रमा देखिएको बेरोजगारी समस्या हल गर्दै आयआर्जन गराउने योजना रहेको खुलासा गरे ।
यसैगरी सडक, पुलपुलेसा, कालोपत्रे, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको समस्या समाधानका निम्ति एडीबीको सहयोगमा करिब १६ करोडको आयोजना यस क्षेत्रमा ल्याउन पहल भईरहेको जानकारी समेत गराए ।
सांसदको हैसियतबाट यस क्षेत्रमा पर्याप्त बजेट ल्याउन, यस क्षेत्रका जनताको आवज संसदभवनभित्र पु¥याउन अहोरात्र काम गर्ने पनि कार्कीले बताए । उनले भने– यहाँको विकासको लागि सरकारले मात्र पनि पुरा गर्न नसक्ला तर त्यसको लागि विभिन्न वैदेशिक राष्ट्रका दातृ निकायसँग यस क्षेत्रमा ल्याउने बजेटको विषयमा कुराकानी र समन्वय भईरहेको त्यो हैसियत आफूसँग रहेको समेत औंल्याएका छन् । त्यस कारण पनि मेरो जितपछि यस क्षेत्रले काँचुली फेर्नेमा ढुक्क हुन आग्रह समेत गरे ।


सुनसरी क्षेत्र नम्बर ४ का युवा लक्षित कार्यक्रममा सन्दर्भमा उनले भने– महिला युवाहरु पार्टीको झण्डा बोकेर नेताको गुनगान गाउने मात्र नभएर उनीहरुको व्यक्तित्व विकास र रचनात्मक काममा अग्रसर गराउन यसै क्षेत्रमा राष्ट्रिय स्तरको रंगशाला बनाएर युवाहरुलाई उपहार प्रदान गर्ने उद्घोष समेत कार्कीले गरे ।
उनले अन्तमा कार्यक्रमलाई बिट मार्दै भने– यि सबै काम गर्नका निम्ति नेपाली कांग्रेसको जित हुनुपर्नेछ । उनले भने यस क्षेत्रबाट नेपाली कांग्रेसले चुनाव हारो भने उम्मेदवारले हार्ने होइन । देशमा नेपाली कांग्रेसले जित्छ तर यस क्षेत्रबाट हा¥र्यो भने उम्मेदवार र नेपाली कांग्रेसले होइन यस क्षेत्रको विकास र समृद्धिले हार्नेछ । यस कारण मलगायत प्रदेशका साथीहरु ताहिर अन्सार र रेवतिरमणसहित समानुपातिकमा समेत २ जनालाई कांग्रेसमै भोट हालेर विजय गराउन आब्ह्वान गरे । राजेन्द्र मेहताले सञ्चालन गरेको सो कार्यक्रममा क्षेत्र नम्बर ४ का कांग्रेसका प्रदेशसभाका उम्मेदवार ताहिर अन्सारी र रेवतिरमण दुलालसमेत आ–आफ्ना कुरा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया