समाचार हाइलाईट
Home / माेफसल / सर्लाही ४ का शिव पुजन राय उम्मेदवार बन्न नपाउने

सर्लाही ४ का शिव पुजन राय उम्मेदवार बन्न नपाउने

काठमाडौं, मंसिर २० गते । सर्लाही ४ का बामगठबन्धनका उम्मेदवार शिवपुजन राय उम्मेदवार बन्न नपाउने भएका छन ।
रायको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गर्दै मुद्दाको अन्तिम फैसलामा व्याख्या गर्ने बताएपछि उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कायमै रहने छ।

पूर्व सांसद तथा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)का स्थापित नेता समेत रहेका राय राजपाका तीन केन्द्रीय सदस्यसहित १४ पूर्व गाविसका अध्यक्षसहित माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले गठबन्धनको तर्फबाट सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उनलाई टिकट दिएको थियो ।

न्यायाधीश दिपकराज जोशी र डम्बर बहादुर शाहीको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो। पहिलो संविधान सभामा मधेसी जनअधिकार फोरमबाट सभासद रहेका उनलाई रातो पासपोर्ट दुरुपयोगको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो। लगत्तै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । जुन मुद्दा विचाराधिन छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया