समाचार हाइलाईट
Home / राष्ट्रिय / प्रहरी नियन्त्रणका लागि ‘हिट लिष्टमा’ बिप्लब

प्रहरी नियन्त्रणका लागि ‘हिट लिष्टमा’ बिप्लब

काठमाडौं, मंसिर २० गते । निर्वाचन नजिकिँदै गर्दा निर्वाचन विरोधी आपराधिक क्रियाकलापबाट हिंसाका घटना बढ्न थालेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रहरी नियन्त्रणका लागि ‘हिट लिष्ट’मा परेका छन् ।
निर्वाचनमा सुरक्षा सम्वन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विप्लव नेकपा चुनाव विरोध गतिविधिमा संलग्न रहेको बताए । पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । प्रहरीको निगरानीपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
प्रहरी प्रवक्ता न्यौपानेले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको बताए ।
प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई छन् ।
न्यौपानेले स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताए ।
‘निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,’ उनले भने ।
नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया