समाचार हाइलाईट
Home / राष्ट्रिय / बिप्लव भारत भागेको प्रहरीको आशंका

बिप्लव भारत भागेको प्रहरीको आशंका

काठमाडौं, मंसिर २१ गते । निर्वाचन विथोल्ने गरी बम आतंक मच्चाउन थालेपछि कडा निगरानीसहित पक्राउका लागि ‘हिट लिष्ट’मा परेका नेकपा महासचिव ‘बिप्लव’ भारत भागेको प्रहरीको अनुमान रहेको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा  व्यापक खोजी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द भारत पुगेको प्रहरीले जनाएको छ।

निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा बम पड्काउदाँ पनि विप्लवलाई पक्राउ नगरेको भन्दै जनमानसले चासो देखाइरहेका बेला प्रहरीले भने उनी पश्चिमी जिल्ला हुदैँ भारत पुगेर लुकेर बसेको जनाएको छ।

देशमा निर्वाचन विथोल्ने अभियान छेडेर उनी आफू भने सुरक्षित स्थान खोज्दै भारत पुगेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले सेतोपाटीलाई भने ।
प्रहरीको विशेष ब्युरो टोलीले पहिलो चरणको चुनाव अघि नै विप्लवलाई राजधानीबाटै पक्राउ गर्न लागेका थियो ।

तर विप्लवलाई त्यस स्थानमा थिएनन । मोबाइल ट्रयाक गर्दै विप्लवलाई समाउन गएका प्रहरीहरुले विप्लवले आफुले प्रयोग गर्ने नम्बर कार्यकर्ता दिएर उनी भागेको जानकारी प्रहरी प्रधान कार्यालयमा दिएका थिए।

प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्नताको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ सय जनालाई नियन्त्रण लिएको छ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी मनोज नेउपानेले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर सुरक्षा स्थिति मजबुत बनाएको दाबी गरे।

नेउपानेका निर्वाचन विरोधी गतिविधिमा संलग्नताको आरोपमा १४ जना सिके राउतका कार्यकर्ता समेत प्रक्राउ गरेको उल्लेख गरेको छ।

देशका अन्य भागबाट थप ३ सय ५५ जनालाई पनि निर्वाचन बिथोल्ने आशंकामा नियन्त्रणमा लिएको छ।

प्रहरीले विष्फोटन गराउन तयारी अवस्थामा राखिएको डेटोनेटर २ हजार १ सय ८८ थान, जिलेटिन ५ सय ७७ लोला पनि नियन्त्रणमा लिएको छ। ६१ थान हतियार र २ सय ८३ राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया