समाचार हाइलाईट
Home / प्रदेश / प्रदेश नम्बर एकमा ६३२ जना उम्मेदवारको आज फैसला हुने

प्रदेश नम्बर एकमा ६३२ जना उम्मेदवारको आज फैसला हुने

विराटनगर (मोरङ), मंसिर २१ गते । आज भईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश नम्बर १ मा सात जिल्लाबाट २२ लाख ७४ हजार दुईसय १६ जना मतदाताले आफ्नो क्षेत्रको विकासको लागि नेतृत्व चयन गर्दैछन् ।
प्रदेश नम्बर एक अन्तर्गत झापा, मोरङ र सुनसरी, इलाम, उदयपुर, धनकुटा र तेह्रथुमका मतदाताले प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४२ जना निर्वाचित गराउँदैछन् । यस प्रदेशबाट २२५ जनाले प्रतिनिधिसभा र ३७७ जनाले प्रदेशसभाका लागि बनेको उम्मेदवारको फैसला आज हुँदैछ ।
यसैबीच यि जिल्लाहरुमा निर्वाचनको सबै तयारी पुरा भएको क्षेत्रीय निर्वाचन आयोग विराटनगरले जनाएको छ ।
निर्वाचनका लागि कर्मचारी आ आफ्नो क्षेत्रमा पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद संञ्जेलले जानकारी दिए ।
संञ्जेलका अनुसार निर्वाचन प्रयोजनका लागि ६ हजार ६४ जना कर्मचारी खटिएका छन् । निर्वाचन केन्द्रमा मतदानका लागि सबै कार्य पनि सम्पन्न भएको छ ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै प्रदेश नम्बर १ मा सुरक्षा ब्यवस्था समेत कडा बनाइएको छ ।
यता भारतसँग सीमा जोडिएको विराटनगरको जोगवनी, झापाको काकडभित्ता नाका र धुलाबारी, इलामको पशुपतिनगर नाकामा सिल गरिएको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरीले  सुरक्षा प्रदान गर्दै आएका छन् । नाका सिल गरिएका कारण नेपाल र भारतका मालवहाक सवारी साधान बाटो मै अलपत्र परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया