समाचार हाइलाईट
Home / राष्ट्रिय / निर्वाचनका लागि सुरक्षा कडा : गृह

निर्वाचनका लागि सुरक्षा कडा : गृह

विराटनगर (मोरङ), मंसिर २१ गते । आज भईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको गृह मन्त्रालयले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा गृह सचिव मोहन सापकोटाले गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर भोट हाल्न आग्रह गरे । पत्रकार सम्मेलनमा सचिव सापकोटाले पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको समेत जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी पूरा गरेको भन्दै गृह सचिव सापकोटाले डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएको बताए ।
दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि भोलि सार्वजनिक विदा दिइएको पनि गृह मन्त्रालयले जानकारी गराएको छ । आज मध्यरात १२ बजेबाट भोलि निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधनसमेत चलाउन नपाइने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया