रायुजा डेक्स समाचार
विराटनगर, ४ चैत्र २०७६ । लामो समयदेखिको बहस र छलफल असफल भएपछि अन्ततः आज प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुँदैछ । प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति गरे पनि नामको विषयमा सहमति जुटेको छैन। राजधानीको विषयमा सहमति भइसकेकाले प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट टुंगो लाग्ने सम्भावना छ। नाम के राख्ने विषय भने मतदान प्रक्रियाबाट पनि टुंगो लाग्ने सम्भावना कम छ। टुंगो लगाउन दुई तिहाई बहुमत चाहिने र सहमति बिना त्यति मत प्राप्त नहुने भएकाले टुंगिने सम्भावना कम रहेको हो। स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको नामका लागि चारवटा प्रस्ताव दर्ता भएका छन्। प्रमुख प्रतिपक्ष नेकपाले जानकी र प्रतिपक्ष कांग्रेसले मिथिला भोजपुरा नाम राख्न प्रस्ताव गरेका छन् भने सतारुढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश नाम राख्नुपर्ने प्रस्ताव गरेको छन्। पारित हुने प्रस्तावको पक्षमा ७२ मत चाहिन्छ। १ सय ७ सदस्यीय प्रदेशसभामा दुई तिहाई मत प्रस्तावलाई पारित गर्न चाहिने प्रदेशसभा सचिवालय सचिव रञ्जित यादवले बताए।
युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम