कानुनी रुपमा जोडी बाँधिए नायिका केसी र कंसाकार

429
SHARES
2k
VIEWS
कानुनी रुपमा जोडी बाँधिए नायिका केसी र कंसाकार

रायुजा न्युज डेक्स
विराटनगर । नेपाली चलचित्रकी नायिका सन्ध्या केसी र आभुषण ज्योति कंसाकारले कोभिड–१९ प्रभावका कारण परम्परागत नभई कानुनी विवाह गरी लगनगाँठो कसेका छन् । फिल्म ‘ड्रिम्स’ पण्डित बाजेको लौरी लगायतमा अभिनय गरेकी नायिका केसीले सामाजिक संजालमार्फत बैबाहिक जीवनमा बाँधिएको जानकारी आम दर्शकलाई दिएकी छन् । नायिका केसीले सामाजिक सञ्जालमार्फत कंसकारसँग बिहे गरेको बताएकी छन् । उनले स्टाटस लेखेकी छन–हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ,’उनले लेखेकी छन् ।
कोरोना त्रास र निषेधाज्ञाका कारण सन्ध्याले आभुषणसँग धार्मिक परम्परा अनुसार बिहे नगरेको उल्लेख गर्दै कोभिडको परिस्थिती सामान्य भएपछि धार्मिक परम्परा अनुसार बिहे गर्ने बताएकी छिन् ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali