धान दिवस अर्थात् असार १५ किसानको समृद्धिमा उपयोग गरौं

217
SHARES
1k
VIEWS
धान दिवस अर्थात् असार १५ किसानको समृद्धिमा उपयोग गरौं

बाबुराम क्षेत्री
विराटनगर । आज नेपाली कृषकसँग जोडिएको सांस्कृतिक पर्व राष्ट्रिय धान दिवस अर्थात् असार १५ देशभर खेतमा धान रोपाई गरेर र मिष्ठान्न भोजन खाएर मनाइँदैन । विशेष गरेर असार १५ का रुपमा मनाइँदै आएको यो पर्वलाई सबैको पर्व बनाउन धान दिवसको रुपमा रुपान्तरण गरेर यसको महत्व बढाउन थालिएको डेढ दशक नाघिसकेको छ । सभ्यता, संस्कृति, इतिहास र जीवनयापनसँग जोडिएको मुख्य खाद्य बाली धान दिवस मानो रोपेर मुरी फलाउने अभियान पनि हो ।
कृषकलाई उत्साहित बनाउन, कृषकको सम्मानमा मनाउन थालिएको यो धान दिवस अहिलेसम्म दिवसमे सीमित छ । कृषि पेशालाई सरकारले प्रँथमिकतामा राखे पनि अझै पनि धानमा नेपाल आत्मनिर्भर हुन सकिरहेको छैन । अझै पनि ५० प््रतिशत भन्दा बढी भुभाग बाँझै रहने गरेको छ । कूल ग्राहसथ उत्पादनमा धानको योगदान सबैभन्दा बढी भए पनि देशका जनतालाई पुग्दो धान उत्पादन हुन नसकेर ३० अरब बढीको अरबौंको चामल, धान भारत लगायत बाहिरका देशबाट आयातित गरिन्छ । उत्पादित भएको धानको सहि मुल्य पनि किसानले पाउन सकिरहेका छैनन । कृषि पेशालाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषिमा जोड दिइए पनि समयमा माटो अनुसारका उन्नत जातका बिउबिजन नपाउने, समयमा मल नपाउने, सिंचाईको सुविधा नहुने, विशेषज्ञको अभाव हुने, भण्डारण र प्रशोधनको अभावमा कृषि पेशा समयानुकूल चलिरहेको थियो त्यसमा पनि वैदेशिक रोजगारीका अवसर सृजना भएपछि त काम गर्ने कामदारहरुको समेत अभावले राम्रा, खेतियोग्य जग्गा पनि जंगल र बाँझो हुन पुगेका छन् । त्यसमा दिन दिनै जलबायु परिवर्तनले कृषि पेशालाई ठूलो असर पु¥याउँदै गईरहेको छ । अव्यवस्थित बजारमा बिचौलियाको धानको मूल्यले किसान मारमा परेका छन् । यो अवस्थालाई चिर्नका निम्ति, यि किसानका तमाम समस्या समाधानका निम्ति धान दिवस सार्थक बन्नुपर्नेमा एक दिन उपल्लो दर्जाका व्यक्तिहरु किसानसँग खेतमा पसेर रमाउनु सिवाय अर्को कुनै उपलब्धी धान दिवसबाट हात परेको देखिँदैन । यो दिवस दिवसमै सीमित नपारेर यसलाई किसानको समृद्धिसँग जोडर लगियो र राष्ट्रिय आम्दानीको स्रोत बनाउन सकियो भने मात्र धान दिवसको सार्थकता होला ।
नेपालमा मुख्य गरी धान असारश्रावण महिनामा रोपिए पनि ठाउँअनुसार नेपालको धान खेतिलाई हामी चैते धान, बर्षे धान (असार श्रावणमा लगाइने), भदैया धान, पछिल्लो धान वा खरुहान, वोरो धान र हिमाली धान गरी क्यालेण्डरको पात्रो भोगोलिक अवस्था अनुसार फरक फरक स्थानमा धान खेति गर्ने गरिएको छ । हिमाली धान फाल्गुणतिर रोपिन्छ भने वोरो धान मंसिर पुषमा रोपिन्छ ।
२ दशक अगाडि सम्म यो पर्वमा जुन उत्साह, हर्षोल्ला, उमंग र महिामा थियो त्यो क्रमशः कमि हुँदै गईरहेको किसानहरु नै बताउँछन् । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-च्यूरा खान्छन् । यसबेला दही–च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही(च्यूरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही(च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही(अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

 

नेपाली संस्कार, संस्कृति, रितिस्थिति र परम्पारा जोगाउँदै यस्ता पवित्र उद्देश्यका पर्वहरुको सम्मान, संरक्षणमा सबैलाई लाग्ने अभिप्रेरणा जागिरहोस् १८ औं धान दिवस हार्दिक शुभकामना ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali