प्रदेश सरकारबाट सहुलियत ऋणको वितरण रिर्टर्नी मइग्रेंटबाट सुरु गर्ने

349
SHARES
1.7k
VIEWS
प्रदेश सरकारबाट सहुलियत ऋणको वितरण रिर्टर्नी मइग्रेंटबाट सुरु गर्ने

रायुजा संवाददाता
विराटनगर । कृषि विकास बैंकसँगको साझेदारीमा प्रदेश १  सरकारले ९९ प्रतिशत सहुलियत कृषि उद्यमी ऋण उपलब्ध गराउने भएको छ । प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम अन्तर्गत दिइने ब्याजमा अनुदानको ऋण प्रवाह वैदेशिक रोजगारबाट फर्किएका १५ युवाबाट सुरु गरिने भएको छ । ति ऋणहरुले १ प्रतिशत ब्याज तिर्दा हुने भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा पहिलोपटक बढीमा १० लाख सम्मको व्यावसायिक कृषि ऋणको ब्याज अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागु गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले कृषि विकास बैंकसँग सझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । प्रदेश सरकारको वार्षिक कार्यक्रममा समावेश गरिएको प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रमकालागि मन्त्रालयले सर्वप्रथम कृषि उद्यमीहरु छनौट गर्ने र उनिहरुले इच्छ्याएको कृषि व्यवसाय सम्बन्धि तालिम उपलब्ध गराउने छ । वैदेशिक रोजगारबाट आएकाहरु सवै कृषिमा जानकारी नै हुन्छन् भन्ने नहुने भएकाले उनीहरुलाई सर्वप्रथम तालिम उपलब्ध गराउने मन्त्री रामबहादुर राना मगरले बताए ।
युवा उद्यमीहरुले अनुदान लिनका लागि व्यावसायिक कार्ययोजना सहित कर्जा माग गर्नुपर्ने कृषि विकास बैंकका प्रदेश एक निर्देशक बासु अधिकारीले बताए ।
सो कर्जाको एक प्रतिशत व्याज युवा उद्यमीले र बाँकी व्याज प्रदेश सरकारले एकमुष्ट उपलब्ध गराउने छ । युवाहरुलाई पशुपंक्षी पालन, च्याउ, तरकारी खेती, माछामासु बिक्री वितरण तथा प्रशोधन, दुग्ध पदार्थ बिक्री वितरण तथा प्रसोधन, मौरी पालन, तरकारी, फलफुल तथा मलिा प्रसोधन, साना शीत गृह तथा कृषि मार्ट स्थापनालगायतमा ऋण उपलब्ध गराइने छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali