सेवाग्राहीको अनुकुलता र ट्राफिक व्यवस्थापनका लागि कार्यालय स्थानान्तरण: कार्यालय प्रमुख सापकोटा

327
SHARES
1.6k
VIEWS
सेवाग्राहीको अनुकुलता र ट्राफिक व्यवस्थापनका लागि कार्यालय स्थानान्तरण: कार्यालय प्रमुख सापकोटा

साविकको स्थानमा चालु आर्थिक वर्षमा ३१ सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको तथ्याङ्क

रायुजा संवाददाता
इटहरी । दैनिक सवारी चालक अनुमति पत्रका लागि बढी भिडभाड हुने कार्यालय इटहरीस्थित कोशी यातायात व्यवस्था कार्यालय अन्यत्र सार्ने विषयले यहाँका यातायात व्यवसायीहरुलाई निकै चिन्तित तुल्याएको छ ।
यातायात व्यवसायीहरु उक्त कार्यालय सर्ने स्थानको अनुमगन गर्ने र अनुपयुक्त स्थानको हवाला दिएर सामाजिक सञ्जालमा आफ्ना पोष्टहरु राख्न समेत पछि परेका छैनन तर उक्त कार्यालयको बाध्यता भने अर्कै छ ।

इटहरीको वडा नं. २ आँपगाछी क्षेत्रमा निर्माणाधिन ६ लेनको सडक निर्माणका कारण साँघुरिएको र सेवाग्राहीको भिडलाई नियन्त्रण गर्न असहज भएको अवस्थाको न्युनिकरणका लागि कार्यालय सार्नुपर्ने बाध्यता रहेको यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका प्रमुख प्रेम प्रशाद सापकोटाले बताए । सापकोटाका अनुसार सेवाग्राहीको सहजताका लागि इटहरी चौक देखि २ किमि दक्षिण पश्चिममा कार्यालय सर्ने निश्चित भएको छ । प्रमुख सापकोटाले बताए– इटहरी १० खनारमा निर्माणाधिन रहेको कार्यालयको भवन पुरा हुन अझै १८ महिना लाग्ने निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सन ललितपुरले पत्राचार गरेको छ । यस कारण अझै डेढ वर्ष हामी आफ्नो कार्यालयमा सर्न सक्ने अवस्था पनि छैन ।
कार्यालयको बाध्यता नै नबुझि आ–आफ्ना व्यवसायी धरासयी हुने डरका कारण ड्राइभिङ क्षेत्रमा काम गर्दै आएका बयवसायीहरुको विरोध अझै सकिएको छैन । व्यवसायीहरु सार्न लागिएको स्थान नै अनुपयुक्त रहेको जिकिर गर्दै आइरहेका छन् ।
व्यवसायीहरुले कार्यालयको आफनै निर्माणाधिन भवनलाई छोडेर पुनः अर्को घर भाडामा लिएर सरकारी खर्च बढाउने काम बन्द गर्न सुझाव समेत दिएका छन् । शनिबार इटहरीमा ड्राइभिङ स्कुल संघ प्रदेश १ ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले सेटिङमा कार्यालय सार्न लागेको भन्दै विरोध गरेका छन् । यातायात कार्यालयको भवन ठूलो लगानीमा बनिरहेको छ । एक वर्षभित्र बनिसक्नुपर्ने सम्झौता अनुसार काम नगरेर अहिल वर्षा लाग्यो भनेर पन्छिन खोजेको सन्दर्भले सबैतिर चलखेल भएको आरोप उनीहरुको रहेको छ ।
यातायात कार्यालय अन्यत्र स्थानमा नसार्न पटक पटक अनुरोध गरेपनि प्रमुखको मनोमानीले अन्तै सार्न लागिएको आरोप लगाउँदै ड्राइभिङ स्कुल संघ प्रदेश एकका अध्यक्ष बाबुराम प्रधान भन्छन– ड्राइभिङ सेन्रहरू संग प्रत्यक्ष जोडिएका ब्यवसायीहरू मार्कामा पर्नेछन् ।
उक्त कार्यालय २०७६ साल भदौ २४ गते स्थानीय दिनेश भट्टराईको घरमा २ वर्षको सम्झौतामा भाडामा बसेको हो । तर २०७८ पुस मसान्त सम्म कार्यालय रहने भनि घर धनि भट्टाराईसँग लिखित सम्झौता गरिएको भए पनि स्थान अनुपयुक्त भएको कारण देखाउदै अन्यत्रै सार्ने कुराले घरधनी पनि चिन्तामा छन् ।
तर व्यवसायी र घरधनीले लगाएको आरोप झै कार्यलय प्रमुखको मनोमानीमा उक्त कार्यलय सर्न लागेको तथ्य निराधार रहेको कार्यालय प्रमुख सापकोटा बताउँछन् । निर्माणधिन ६ लेन राजमार्ग आयोजनाबाट पनि ठाउ खालि गर्न पत्र आएपछि अन्यत्रै सार्ने निर्णय गरिएको प्रमुख सापकोटाले स्पष्ट पारे ।
सवारी साधनको अब्यवस्थित पार्किङ , सेवा ग्राहिहरूको थामि नसक्नुको भिड , ट्राफिक ब्यवस्थापनमा त्यतिकै झण्झट र बढदो सवारी दुर्घटनाको पिर थाम्दै बसेको यातायात कार्यालय फराकिलो स्थानमा सर्ने भएपछि सेवाग्राहि देखि ट्राफिक सम्म खुशी भएका छन् ।
राजमार्गमा कार्यालय रहदा ट्राफिक ब्यवस्थापनमा समेत चुनौति थपिदै आएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिना बताउँछन् । सवारीसाधन गुडने राजमार्गमा सेवाग्राहिहरूको लाइन र उनिहरूकै सवारीहरू राखिदा ट्राफिक ब्यवस्थापन अत्यन्तै जटिल हुदै आएको प्रवक्ता डिएसपीको कथन छ । एक त ट्राफिक प्रहरीमा जनशक्ति अभाव छ त्यसमा पनि धेरै जसो त्यहि क्षेत्रमा खटाउनुपर्ने हुदा ट्राफिक ब्यवस्थापन नै अस्त ब्यस्त हुन्छ प्रवक्ता तिम्सिना भन्छन । डिएसपी तिम्सिनाका अनुसार सो स्थानमा  चालु आर्थिक वर्षमा ३१ सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको तथ्याङ्क समेत प्रस्तुत गर्छन ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali