नरेश रेग्मी
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीति विषयको निरुपण अदालतबाट खोजिने प्रवृत्ति गलत रहेको काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रममा प्रचण्डप्रति लक्षित गर्दै भने– नियुक्त गरिएका मन्त्रीलाई भोलि अदालतले हटाउँछ भनेर अघिल्लै दिन प्रचण्डले भन्नु गम्भीर विषय भएको टिप्पणी विषय हो । उनले पछिल्लो समय चर्चामा रहेको शब्द ‘सेटिङ’ हो कि भनेर प्रश्न समेत गरे । होइन भने प्रचण्डको नाम नलिईकन प्रधानमन्त्री ओली निर्णय हुनु अगावै यस्तो फैसला आउँदैछ भन्ने जानकारी कसरी प्राप्त भयो भनेर प्रश्न समेत गरे ।
‘एक जनाले पछि नियुक्त गरिएका मन्त्री भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु, भने । यहाँ न्याय निष्पक्ष निरुपण भयो कि अरू नै हिसाबले ?’
सर्वोच्च अदालतले जेठ २१ र २७ गते नियुक्त भएका मन्त्रीलाई पदमुक्त गर्ने आदेश गरेको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो सूचना सार्वजनिक गरेका थिए ।
युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम