पाँचथरका एक नगरपालिका र सात गाउँपालिकाले झण्डै साढे ८ अर्बको बजेट पेश

133
SHARES
633
VIEWS
पाँचथरका एक नगरपालिका र सात गाउँपालिकाले झण्डै साढे ८ अर्बको बजेट पेश

रायुजा न्युज डेक्स
विराटनगर। पाँचथर जिल्लाको एक नगरपालिका तथा सात वटा गाउँपालिकाले ८ अर्ब २७ करोड ९६ लाख ७० हजारको बजेट बिहीबार गाउँ तथा नगरसभामा पेश गरेका छन् ।
पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले ९१ करोड ६५ लाख ३२ हजार १ सय रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।
यसैगरी सात वटा गाउँपालिका रहेको पाँचथरमा मिक्लाजुङ गाँउपालीकाले ५५ करोड ५७ लाख ८० हजार, फाल्गुनन्द गाँउपालीकाले ४६ करोड ४४ लाख ३४ हजार, तुम्बेवा गाँउपालीकाले ३६ करोड ९७ लाख ४३ हजार ५ सय ८० रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।
यस्तै याङवरक गाँउपालिकाले ४५ करोड ७० लाख ९८ हजार, हिलिहाङ गाँउपालीकाले ४९ करोड ३१ लाख ९५ हजार ९ सय ३६, फालेलुङ गाँउपालीकाले ४६ करोड १५ लाख ४१ हजार र कुम्मायक गाँउपालिकाले ले ३४ करोड ६१ लख ८४ हजार ५ सयसहित कूल ८ अर्ब २७ करोड ९६ लाख ७० हजारको बजेट पाँचथरका स्थानीय तहले सार्वजनिक गरो छन् ।
सबै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माण, शिक्षा , स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकता दिएका छ्न् ।
कोरोना प्रकोप गर्दै चौथो नगर सभा तथा गाउँसभा चलाएका स्थानीय तहले सभामा सहभागीहरु सामाजिक दुरी कायम गर्दै जम्मा भएका थिए भने अधिकांस स्थानीय तहले जुम मार्फत पनि सभामा सहभागी गराएको थियो ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali