अव्यवस्थित कोभिड–१९ विरुद्धको खोप अभियान

275
SHARES
1.3k
VIEWS
अव्यवस्थित कोभिड–१९ विरुद्धको खोप अभियान

रायुजा संवाददाता
इटहरी । इटहरी उपमहानगरपालिकाले ५५ वर्ष वा सोभन्दा बढी उमेर समुहका जेष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकका लागि भेरोसिल खोप लगाएर सबेलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने रणनीति आफैमा सराह्रनीय रहे पनि व्यवस्थापनका दृष्टिले निकै खतरनाक पनि देखियो । खास गरी इटहरी उपमहानगरपालिकाका २० वटै वडामा फरक फरक केन्द्र तोकिएको भए पनि इटहरीको जनता माविको प्राङ्गणमा चाहि कोरोना भाइरस अझ फैलन सक्ने स्थिति देखिएको थियो । त्यो भिडभाड हेर्दा बाच्नका लागि युद्ध गरिरहेका इटहरीबासी खोपका कारणले अझ संक्रमण बढाउने खतरा बढी देखिन्थ्यो । त्यहाँ कतिपयका मुखमा माक्र्स थिएन, सेनिटाइजरको नामै थिएन । सामाजिक दुरी एकमाथि अर्को वयक्ति खप्टिएको अवस्था थियो । सरकारले दिने गरेको खोपको व्यवस्थापनमा इटहरी नगरपालिकासहित विभिन्न संघसंस्था, सुरक्षानिकायहरुबाट स्वयंसेवकको रुपमा मानिसहरु खटाएर स्थानीय स्तरका नागरिकको पहिचान गरी भित्र पठाउने व्यवस्थापन भएको भए उक्त अवस्था आउने थिएन तर त्यहाँ बुझ्दा जहाँतहीका व्यक्तिहरु सहभागी थिए । मापदण्ड तोकिएका भन्दा बाहिरका व्यक्तिहरु पनि धेरे उपस्थित थिए । यसरी अव्यवस्थित ढंगबाट खोप वितरण गर्नुभन्दा सबे खोप एक ठाउँमा व्यव्स्थापन गरेर टोलविकास संस्थालाई परिचालन गर्न सकेको भए वा हरेक दिन एउटा वडामा प्रशस्त स्वंसेवक वा सुरक्षाकर्मी परिचालन गरेर खोप लगाउने व्यवस्था मिलाएको भए पनि राम्रो हुन्थ्यो कि ? यो खोप लगाउने अभियानको व्यवस्थापनमा इटहरी मात्र नभएर सबै पालिका चुकेका छन् । जताततै उत्सव झै भिडभाड गराएर खोप लगाइएको छ । थाहा छैन त्यसै पनि प्रदेश १ मा कोरोना संक्रमण बढिरहेको बेलामा यो भिडभाडले कहाँसम्म गर्ने हो ? इटहरी उपमहानगरपालिकाले साउन ११ र १२ गते इटहरी अस्पताल, परिवार स्वास्थ्य केन्द्र इटहरी ५, आर्युवेद औषधालय इटहरी २, हाँसपोसा स्वास्थ्य चौकी, खनार स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकीमा २० वटा वडाका नागरिकको लागि खोप वितरण गरेको हो ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali