एनआरएनएको १० औं ग्लोबल सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म हुने

148
SHARES
704
VIEWS
एनआरएनएको १० औं ग्लोबल सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म हुने

May be an image of text

रायुजा संवाददाता
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० ग्लोबल सम्मेलन आगाम िकात्तिकमा हुने भएको छ । शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना गर्ने निर्णय गरेकोे छ । बैठकले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ ।
अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको छ ।
बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८र७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali