ओलीले सत्ता छोड्नै लाग्दा महँगीलाई मलजल : सार्वजनिक यातायातको भाडा बृद्धि

242
SHARES
1.2k
VIEWS
ओलीले सत्ता छोड्नै लाग्दा महँगीलाई मलजल : सार्वजनिक यातायातको भाडा बृद्धि

रायुजा न्युज डेक्स
विराटनगर । देशमा महँगी आकासिएर जनताको दैनिकीमा प्रभाव परिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छोड्दै गर्दा महँगीलाई अलजल हुने गरी सार्वजनिक यातायातको भाडा बढाएर गएका छन् ।
जनताको जीवनशैलीप्रति वेवास्ता गर्दै महिनामा २ पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दै आएको सरकारले एकाएक २८ प्रतिशत सार्वजनिक यातायातको भाडा बृद्धि गरेर जनतालाई महँगीको उपहारले हिकाएर ओली सरकार बिस्थापित भएको छ ।
लामो समयदेखि सार्वजनिक यातायातको भाडा बृद्धि नभएको भन्दै यातायात व्यवसायीको भाडा बृद्धिका लागि दबाबमूलक कार्यक्रम गदै आएपछि
विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा गत वैशाख ७ गते बनेको भाडा समायोजनसम्बन्धी अध्ययन समितिले भाडा बृद्धि गर्नुपर्ने निस्कर्षसहितको प्रतिवेदन वैशाख २१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको थियो । उक्त प्रतिवेदनमाथि अहिलेसम्म कुनै निर्णय नगरेको मन्त्रालयले सरकार ढल्ने पक्का भएपछि असार २९ गते भाडा समायोजनको निर्णय स्वीकृत गरेको हो । यात्रुवहाक, मालवहाक, तराई र पहाडमा चल्ने रुटका सवारी साधनमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको छ ।
बुधवार सार्वजनिक सूचना निकाल्दै यातायात व्यवस्था  विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको हो ।
दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले यात्रुवाहक सार्वजनिक यातायातसहित मालवाहक सवारीको भाडा वृद्धि गर्ने निर्णय गरिएको बताए । उनका अनुसार यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतसम्म र तराईंका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ एवं पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको छ ।
‘सार्वजनिक यातायातको खर्चसम्बन्धी लगानी तथा खर्च, बजार विश्लेषण, सरोकारवाला निकायको परामर्शका आधारमा यातायात श्रमिकको पारिश्रमिक, टायर, लुब्रिकेन्ट्स, पार्टस्, इन्धन आदि सूचकको मूल्य हेरेर भाडा समायोजन गरेका हौं,’ उनले भने । उनका अनुसार इन्धनको मूल्य र सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, बीमा, सवारी मर्मत खर्च, टायर, लुब्रिकेन्ट्स, पार्टस्लगायत सूचकको मूल्य हेरेर सवारीको भाडा समायोजन गरिएको हो ।- रातोपाटीको सहयोगमा

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali