कटुवाल हातेमालोद्वारा झापा निवासी मृगौला पीडितलाई पचास हजार आर्थिक सहयोग

268
SHARES
1.3k
VIEWS
कटुवाल हातेमालोद्वारा झापा निवासी मृगौला पीडितलाई पचास हजार आर्थिक सहयोग

रायुजा संवाददाता
विराटनगर । बन्धुबान्धव भन्दा माथि उठेर समाज र देशका लागि सामाजिक अभियानमा लाग्दै आएको संस्था कटुवाल हातमालो एकता समाजले झापामा मृगौला पीडितका लागि ५० हजार अािर्थक सहयोग प्रदान हस्तान्तरण गरेको छ ।
दुवै मृगौला खराब भएपछि मृत्युसँग जुधिरहेका झापास्थित मेचीनगरपालिका वडा नं. ९ निवासी किरण कटुवाललाई उक्त रकम सहयोग गरिएको इटहरीका गोविन्द कटुवालले बताए । कटुवालका अनुसार
कटुवाल बन्धुहरुको संरक्षण, सम्बद्र्धनका निम्ति खोलिएको संस्थाले देशभर शिक्षा, स्वास्थ्य, दैविक विपत्तिलगायतमा सक्दो सहयोग गर्दै आइरहेको छ । संस्थाको उद्देश्य र लक्ष्य अनुसार नै झापाका मृगौला पीडितलाई उक्त रकम हस्तान्तरण गरिएको उनले बताए । समाजका अध्यक्ष नगेन्द्र कटुवालको अगुवाईमा एकता समाज युएईबाट आएको रकम किरण कटुवाल बचाउँ अभियानका संयोजक उद्दव बानियाँसहित उपस्थित पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको गोविन्द कटुवालले बताए । हस्तान्तरण कार्यक्रममा अभियानका कोषाधक्ष्य कुल बहादुर भट्टराई, सदस्यहरू, कृष्ण बहादुर कटुवाल, लक्ष्मी कटुवाल साथै किरण कै बहिनी लगायतको टीमले उक्त रकम लिएको छ । सो कार्यक्रममा रकम हस्तान्तरण गर्न एकता समाजका सचिव बल बहादुर कटुवाल, सहसचिव सृजना कटुवाल, कोषाध्यक्ष नइन्द्र बहादुर कटुवाल, सल्लाहकार टिका कटुवाललगायतको उपस्थिति रहेको थियो ।
मृगौला पीडितका लागि उक्त रकम पर्याप्त नभए पनि प्रवासमा रहेका नेपालीहरुको मायाले उहाँको नयाँ जीवन देख्ने सपना साँचेर पठाएको रकम सहि सदुपयोग हुनेमा आश्वस्त रहेको अध्यक्ष कटुवालले बताए । उनले रकम संकलन गरेर एकमुष्ठ रुपमा पठाउने युएईमा सञ्चालित कटुवाल हातेमालो एकता समाजसहित सहयोगी मनका धनीप्रति कृतज्ञता जाहेर गरे ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali