झापामा पुनः पूर्ण निषेधाज्ञा जारी

278
SHARES
1.3k
VIEWS
झापामा पुनः पूर्ण निषेधाज्ञा जारी

रायुजा न्युज डेक्स
विराटनगर । झापा जिल्ला कोभिड–१९ विरुद्ध लड्न पुनः जिल्लाभर निषेधाज्ञा जारी भएको छ । झापाका अधिकांश स्थानीय तहमा निषेधाज्ञा जारी भइसकेपछि आगामी शनिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। आगामी शनिबारदेखि साउन २३ गते रातिसम्म झापा पूर्ण रुपमा बन्द गरिने भएको हो। झापाका दमक, मेचिनगर, कनकाई, कमल, गौरादह, विसताक्षी, अर्जुनधारालगायतका अधिकांश स्थानीय तह यस अघि नै शिल गरिसकिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डिसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको कार्यालयले जनाएको छ। बिहीबार साँझ प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार तरकारी, फलफूल तथा मासु पसल बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ।
परीक्षा दिने परीक्षार्थीको आवागमनलाई नरोकिने र मध्यम तथा लामा दुरीका सवारी साधनलाई सञ्चालन गर्ने दिइने आदेशमा जनाइएको छ। तर त्यस्ता सवारी साधनलाई जथाभावी रोक्न निषेध गरिएको छ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali