ट्राइब्रेकरमा इंग्ल्याण्डका तीन खेलाडी चुकेपछि इटालीको पोल्टामा युरोकप

459
SHARES
2.2k
VIEWS
ट्राइब्रेकरमा इंग्ल्याण्डका तीन खेलाडी चुकेपछि इटालीको पोल्टामा युरोकप

रायुजा न्युज डेक्स
विराटनगर । अन्ततः २०१८ देखिको अपराजित राष्ट्र इटलीको पोल्टामा पुग्यो युरोपको महादेशीय प्रतियोगिता युरोकप फुटबल ‘युरोकप’को उपाधि ।
एक महिना लामो १२ देशमा आयोजित तथा २४ टिमको भिडन्त भएको युरोकपको गए राति भएको फाइनल भिडन्तमा निर्धारित तथा थप गरिएको समयमा दुवै टिम १–१ गोल अन्तरले बराबरी भएपछि अन्तिम निर्णायक विधि ट्राइब्रेकरमा इंग्ल्याण्डका ३ जना खेलाडी गोलरहित बनेपछि उपाधि इटालीको पोल्टामा पुगेको हो । उपाधि रक्षा गर्न नसकेको इंग्ल्याण्डका लागि ५५ वर्षपछि युरोकप उपाधि जित्ने सपना सपनामै सीमित बन्न पुगेको छ ।
दोस्रो मिनटमा इंग्ल्याण्डका लुक शाले काइरान ट्रिपियरको क्रसमा गोल गरेर इंग्ल्याण्डको आशा जगाएका थिए तर खेलको ६७ औं मिनेटमा इटली खेलमा फर्किएसँगै लियोनार्दो बोनुसीको गोलले खेल बराबरी हुन पुग्यो । त्यसपछि ट्राइब्रेकरमा पुगेको खेलमा इंग्ल्याण्डका ३ जना खेलाडी गोलरहित बनेपछि ३–२ को गोल अन्तरले इटालीले युरोकपमा कब्जा जमाउन पुगेको थियो ।
यसैबीच इटालीका बोनुसीले युरो कपको फाइनलमा गोल गर्ने बढी उमेरका सर्वाधिक खेलाडी बनेका छन् ।
उनले ३४ वर्ष ७१ दिनमा गोल गरेका हुन् । यसअघि यो रेकर्ड वेष्ट जर्मनीका र्बेनार्ड होल्जेनबिनको नाममा रहेको थियो । उनले १९७६ मा ३० वर्षको उमेरमा गोल गरेका थिए ।
उपाधि जितेको इटाली लगातार ३४ खेलमा अपराजित छ । उ सन् २०१८ को सेप्टेम्बर यताका कुनै पनि खेलमा पराजित भएको छैन ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali