तिलाठी सीमा रक्षक यादव बाबुछोरा भारतीय जेलमा कठोर यातना भोग्दै, रिहाइको पहल गर्न सरकारसँग माग

363
SHARES
1.7k
VIEWS
तिलाठी सीमा रक्षक यादव बाबुछोरा भारतीय जेलमा कठोर यातना भोग्दै, रिहाइको पहल गर्न सरकारसँग माग

रायुजा न्युज डेक्स
विराटनगर । सप्तरीको तिलाठीका सीमा रक्षक बनेर चर्चा बटुलेका देवनारायण यादवको खोजी यतिखेर कसैले गरेको छैन ।
सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेर घाइते बनेका थिए ।
तिनै वीर योद्धा यादव र उनका छोरा यतिखेर भारतीय जेलमा सिक्रीले बाँधेको अवस्थामा भेटिएको आदर्श मण्डलले उपेन्द्र यादवलाई ट्याग गरेर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन् । नेपाली भूमिका लागि ज्यान दिन तयार भएका वीर पुरुषको यो अवस्थाको खोजी कहिँ कतैबाट हुन नसक्नु विडम्बना भएको छ । सीमा सुरक्षामा वीरता देखाएकै भरमा उनलाई राज्यले खोजी गर्नुपर्ने हो त्यो त भएन नै तिनै वीर यादव २०५४ सालमा कांग्रेसका क्षेत्रिय सदस्य पनि थिए पछि उनै यादव एमालेको भुमि सुरक्षामा खरो उत्रिएको, राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएको भन्दै आगामी निर्वाचनमा सांसदको टिकट पाउने प्रलोभनबाट तत्कालिन प्रधानमन्त्री केपी ओलीले टिका लगाउर एमालेमा भित्र्याएका थिए । उनको बहादुरीले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई लोभ्याएको थियो । तिनै यादव कठोर निन्दनीय यातना भारतमा व्योरिरहँदा पनि नत सरकार, नत कांग्रेस नत एमाले वा अन्य कुनै कसैले वास्ता गरेका छैनन । उनको जीवन कष्टकर बनेको छ– कारण भारतको विस्तारवादका विरुद्धमा लडेको ।
सीमामा देखाएको नेपाली विरताबाट राष्ट्रिय चर्चा कमाएका यादवलाई सोही बेला २०७४ असोजको तेस्रो साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । विनासर्त यादव बाबुछोरालाई रिहाई गरेर स्वदेश ल्याउने पहिलो जिम्मेवारी सरकारको हो र उक्त कार्य तुरुन्त गरोस् ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali