पाठकको पुर्पुरो : वि.सं. २०७८ श्रावण ४ गते (सन् २०२१ जुलाई १९ तारिख) सोमबार

393
SHARES
1.9k
VIEWS
पाठकको पुर्पुरो :वि.सं. २०७७ वैशाख २२ गते सोमबार–ॐ नमः शिवाय

पुर्पुरोमा जे लेखिए पनि भाग्यसँगै कर्म गरौं । यतिखेर सबै भुगोल र समुदायमा कोरोना भाइरसको असर देखिइरहेको छ । सरकारको निषेधाज्ञा कहिँ खुकुलो कहि कडा पारिएको छ । तरपनि कोरोनाको प्रभावबाट बच्न र बचाउन पर्ने दायित्व हाम्रो छँदैछ । यसर्थ कोरोना भाइरसबाट बच्ने उपायहरु स्वास्थ्य मापदण्ड, सामाजिक दुरीका साथ सचेत भई आफू सुरक्षित रहे परिवार, समाज र देश सुरक्षित रहन्छ भन्ने हेक्का सदैव राखौं ।

मेष – असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । सुख समृद्धि बढ्नेछ । नयाँ काम आरम्भ गर्न समय उपयुक्त छ । आफन्तको सहयोग प्राप्त हुनेछ । यश वर्चश्व बढ्ला । आँट उत्साह थपिनेछ । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ ।  वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । साझेदारीको काम बन्नेछ । ख्याति फैलिनेछ ।

बृष – शुभ समय छ । मनोकुलको काम बन्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ । सुखशान्ति समृद्धि प्राप्त हुनेछ ।

मिथुन – मध्यम समय छ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा रुचि बढाउनु पर्ला । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ । जोखिममा नपर्नु उचित होला । विलासप्रति रुचि बढ्नेछ ।

कर्कट – मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ र सन्तान सुख मिल्नेछ । आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला । धन सम्पत्ति बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्नुहोला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । जोखिम बढ्न सक्छ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।

वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्नेछ ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali