पाठकको पुर्पुरो : वि.सं. २०७८ श्रावण ०८ गते (सन् २०२१ जुलाई २३ तारीख) शुक्रबार

640
SHARES
3k
VIEWS
पाठकको पुर्पुरो : वि.सं. २०७७ वैशाख १९ गते शुक्रबार (सन् २०२० मे ०१ तारिख)

पुर्पुरोमा जे लेखिए पनि भाग्यसँगै कर्म गरौं । यतिखेर सबै भुगोल र समुदायमा कोरोना भाइरसको असर देखिइरहेको छ । सरकारको निषेधाज्ञा कहिँ खुकुलो कहि कडा पारिएको छ । तरपनि कोरोनाको प्रभावबाट बच्न र बचाउन पर्ने दायित्व हाम्रो छँदैछ । यसर्थ कोरोना भाइरसबाट बच्ने उपायहरु स्वास्थ्य मापदण्ड, सामाजिक दुरीका साथ सचेत भई आफू सुरक्षित रहे परिवार, समाज र देश सुरक्षित रहन्छ भन्ने हेक्का सदैव राखौं ।

मेष – आशा उत्साह थपिनेछ । घरपरिवारको स्थिति अनुकूलै रहला । सुख–सुविधाको वस्तु बढ्नेछन् । आरोग्यता बढ्ला । आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आफन्तसुख बढ्नेछ ।

बृष – प्रेममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मान महत्व धन–सम्पत्ति सुख–समृद्धिमा वृद्धि हुनेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्वलाई पूरा गर्नु सँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । जोखिममा नपर्नु उचित होला ।

कर्कट – ग्रहगोचर शुभ फलदायक छ । अन्न धनमा कमी आउने छैन । उन्नति हुनेछ । कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ ।

सिंह – स्वास्थ्यमा सुधार आउला । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । शुभ र सफलताकारक दिन छ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यश मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । भागदौड व्यस्तता लागिरहनेछ ।

कन्या – समय शुभ र भाग्यवर्द्धक छ । परिश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । आलस नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्वमा कमी आउनेछैन ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुने छैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुखशान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा–समारोहमा मान प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali