प्रदेश १ मा आउँदो साताबाट ५० वर्ष माथिका नागरिकलाई खोप लगाईने

138
SHARES
655
VIEWS
प्रदेश १ मा आउँदो साताबाट ५० वर्ष माथिका नागरिकलाई खोप लगाईने

विराटनगर । आउँदो साताबाट प्रदेश १ का सबै स्थानीय तहहरुमा कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
संघीय सरकारले अमेरिकी सहयोगमा प्राप्त भएको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप र चीनमा उत्पादित भेरोसिल्ड खोप प्रदेश १ मा पठाउने अन्तिम तयारी गरिरहेछ । दुई दिनभित्र खोप प्राप्त भइसक्ने र त्यसपछि सबै जिल्लामा खोप पठाएर लगाउन थालिने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यस अघि दुई चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा ६० वर्ष माथि उमेर समूहका नागरिकहरुले खोप लगाइसकेका छन् । अर्को साताबाट ५५ वर्षदेखि माथि ५९ वर्ष उमेरसम्मका व्यक्तिहरुलाई चिनीयाँ भेरोसिल्ड खोप लगाउने तयारी रहेको बस्नेतले बताएका छन् । बस्नेतले भने ‘अहिलेसम्म कति मात्रा खोप आउँछ भन्ने निर्णय भइसकेको छैन, सकेसम्म ती उमेर समूहका लागि र केही अग्रपंक्तिमा छुटेका समूहका लागि पुग्ने गरी खोप आउने अपेक्षा गरेका छौं ।’
प्रदेश जनस्वास्थ्य निर्देशनालयले ५५ वर्षदेखि माथिका उमेर समूहका लागि लगाउन ३ लाख ३८ हजार १६९ डोज खोप आवश्यक पर्ने जनाएको छ । यस्तै ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउन जोन्सनको २ लाख १० हजार ५६८ डोज खोप आवश्यक पर्ने अनुमान गरी माग गरिएको जनाएको छ । तर, कति संख्यामा खोप प्राप्त हुन्छ भन्ने ’boutमा बिहीबार बेलुकीसम्म निर्णय भइसक्ने बस्नेतले जानकारी दिए । ‘हामीले स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रलाई आवश्यक संख्यासहितको पत्र पठाएका छौं तर कुन खोप कति मात्रामा प्राप्त हुन्छ भन्ने कुरा निक्र्यौल भइसकेको छैन तर आज साँझसम्म त्यस विषयमा निर्णय हुन्छ,’ बस्नेतले भने ।
चीनबाट खरिद गरेको खोप बिहीबार काठमाण्डौमा ल्याण्ड हुनासाथ प्रदेशहरुका लागि गाडीमा लोड गर्ने र भोलिसम्ममा खोप प्राप्त भइसक्ने बताइएको छ । प्रदेशमा प्राप्त भएको खोप जिल्लाहरुमा पठाउन करिव दुई दिन लाग्ने छ । त्यसपछि स्थानीय तहहरुमा पठाएर खोप लगाउन सुरु गरिने छ ।
कोरोना महामारी नियन्त्रणमा नआएपछि सर्वसाधारणहरु खोपको तिब्र प्रतीक्षामा छन् । काठमाण्डौमा जोन्सन र भेरोसिल्डका खोपहरु धमाधम लगाउने कार्य जारी रहेपछि सर्वसाधारणले खोप कहिले आउँछ भन्ने प्रश्न गर्दै स्थानीय जनप्रतिनिधि र सरकारका स्वास्थ्य कर्मचारीहरुलाई ताकेता गर्न थालेका हुन् ।
सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये यस अघि नै ८ लाख डोज खोप काठमाण्डौमा आइसकेको छ । थप ८ लाख डोज खोप ल्याउन बुधबार नै नेपाल वायु सेवा निगमको जहाज चीन गएको र बिहीबार साँझसम्म आइपुग्ने छ । त्यसपछि पनि लगातार खोप प्राप्त हुने भएकोले निरन्तर खोप अभियान सञ्चालन गर्ने तयारी सरकारले गरेको छ । प्रदेश १ मा अहिलेसम्म ३ लाख ७७ हजार ४४९ जनाले कोभिसिल्ड र भेरोसिल्डको पहिलो मात्रा खोप लगाएका छन् भने ९९ हजार ७४४ जनाले कोभिसिल्ड र भेरोसिल्डको दोश्रो खोप लगाइसकेका छन् ।
सरकारले माग बमोजिम प्रदेश १ मा जोन्सनको खोप पठाएको खण्डमा २ लाख १० हजारले पूर्ण खोप पाउने छन् । जोन्सनको खोप एक मात्रा मात्र लगाउनु पर्छ ।
गोकुल पराजुलीको हाम्रो मतमा प्रकाशित समाचार साभार

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali