प्रदेश १ मा थपिएका ६७३ कोरोना संक्रमितसहित देशभर ३४२१ जना थप, प्रदेशका ९ सहित २५ को निधन

193
SHARES
917
VIEWS
प्रदेश १ मा थपिएका ६७३ कोरोना संक्रमितसहित देशभर ३४२१ जना थप, प्रदेशका ९ सहित २५ को निधन

इटहरीमा ६६ र लेटाङमा ४७, विराटनगरमा ४५ जना नयाँ संक्रमित थप

रायुजा न्युज डेक्स
विराटनगर (मोरङ) । प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र थप ६ सय ७३ जना सहित देशभर ३ हजार ४ सय २१ जना नयाँ कोरोना संक्रमित थप भएका छन् ।
सामाजिक विकास मन्त्रालय विराटनगरले जनाए अनुसार आइतबार १ हजार ५ सय ८५ जनाको पीसीआर परीक्षणका क्रममा ४ सय ५७ जनामा संक्रमण देखिएको हो। त्यसैगरि ७ सय ६७ जनाको एन्टिजेन परीक्षणमा २ सय १६ जनामा संक्रमण देखिएको जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ७४, मोरङमा १ सय ५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा समान ६, संखुवासभा र तेह्रथुममा समान ४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ११ जना रहेका छन्।
झापाको विर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा समान १४, कनकाईमा १२, बाह्रदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा समान ३, भद्रपुर र बुद्धशान्तिमा समान २ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैंचा र उर्लाबारीमा समान १४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनबर्षीमा समान २, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जु, दुहवी र बराहक्षेत्रमा समान २ र गढीमा १ जनामा समेत संक्रमण पुष्टि भएको छ।
पहाडी क्षेत्रतर्फ, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङमा समान १, उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकमा १, संखुवासभाको खाँदबारी र धर्मदेवीमा समान २, तेह्रथुमको म्याङलुङमा ४, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मीमा १, खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढीमा समान १, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ, भोजपुरको भोजपुर नगरपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।
यस्तै प्रदेशमा आइतबार ३ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयले संक्रमणमुक्त हुनेमा २ सय ६ महिला र १ सय ४६ पुरुष संक्रमणमुक्त भएका हुन्।
त्यसैगरि, प्रदेशमा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट प्रदेशभर १ हजार ५ सय ३२ जनाको मृत्यु भइसकेको छ।
यसैगर िनेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ। गत २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ९ सय ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali