बीपीको ३९ औं स्मृति दिवसः विविध कार्यक्रमका मनाइँदै

319
SHARES
1.5k
VIEWS
बीपीको ३९ औं स्मृति दिवसः विविध कार्यक्रमका मनाइँदै

रायुजा न्युज डेक्स
विराटनगर । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि)को ३९ औं स्मृति दिवस आज मनाइँदैछ ।
बीपि स्मृति दिवसका अवसरमा कोरोनाको कहरकै बीचमा सामाजिक दुरीका साथ नेपाली काँग्रेस र उसका भातृ संगठनले प्रदेश १ सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपिलाई सम्झदैछन् ।
कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । बीपीको नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका महामानव हुन् ।
तर विडम्बना नै मान्नुपर्छ दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि बीपीले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
पछि बीपी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए २०३९ साल आजकै दिन निधन भएका कोइरालाले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका हुन् ।  उनै महामानव उदार लोकतान्त्रिक धारका प्रणेता नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन !

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali