मुस्लिम समुदायको दोस्रो पवित्र पर्व बकर इद सुरु, विश्वभर पर्व मनाइँदै

357
SHARES
1.7k
VIEWS
मुस्लिम समुदायको दोस्रो पवित्र पर्व बकर इद सुरु, विश्वभर पर्व मनाइँदै

बाबुराम क्षेत्री
विराटनगर । धार्मिक सहिष्णुता र सद्भावका साथ इस्लाम धर्मावलम्बीहरुको पवित्र र महान पर्व ‘बकर इद’ आजदेखि तीन दिनसम्म धुमधामका साथ मनाइँदैछ । १ नम्बर प्रदेशको विराटनगर, दुहवी, इटहरी, इनरुवा, धरान, सुन्दरहरैंचा, बेलबारी, उर्लाबारी, पथरी, पदक, बिर्तामोड जस्ता सहरहरुसहित देश तथा विदेशमा धुमधामका साथ मनाइने गरिन्छ । यद्यपि यो वर्ष विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भइरस)सँग युद्ध समाप्त नभईसकेको र त्यसको संक्रमणबाट बच्न सामाजिक दुरीका साथ सुरक्षा संयन्त्र अपनाएर पर्व मनाउनु पर्ने भएकोले विगतको जस्तो भिडभाड र हर्षोल्लास नहुने इस्लाम संघ नेपाल, दुहवी नगरकमिटी अध्यक्ष एस. रहमान राइन बताउँछन् । राईनका अनुसार यस पटक कोरोना संक्रमण हुनबाट जोगिन र समाजलाई जोगाउनका निम्ति विगतका वर्षमा विश्वभरबाट जिवनमा एक पटक जानै पर्ने हज यात्राका क्रममा साउदी अरबको मक्कामदिनमा जाने परम्परा समेत स्थगित भएको छ ।


राईनका अनुसार कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट जोगिन इस्लामिकहरुले नवाज पढ्नको लागि पनि सामान्य अवस्थामा प्रयोग हुँदै आएको इदगाहलाई छोडेर मस्जिदलाई रोजेका छन् त्यसभित्र पनि सामाजिक दुरी र कोभिडबाट बच्ने सुरक्षाका सामग्रीसहित रहने बताए ।
राइनका अनुसार यस पर्वलाई इदुल अजहा अर्थात कुर्वानीको ईद (इदे कुरवाँ) पनि भन्ने गरिन्छ । यस इदमा धार्मिक मान्यता र पर्वको आस्था र विश्वास नै कुर्वान अर्थात बलिमा रहेकोले आ–आफ्नो गच्छे अनुसार खसी, राँगाको कुर्वानी (बलि) दिने र त्यो बलि दिएको मासुलाई तीन भाग लगाएर आर्थिक पहुँच नभएका, आफन्तजन, इष्टमित्र र घरपरिवार मिलेर बाँडेर खाने प्रचलन रहेको छ । राईनका अनुसार ३ दिनसम्म मनाइने उक्त पर्वमा कुर्वानीको दिन भने निश्चित नहुने र कुनै पनि दिन पर्ने कुर्वानीको धार्मिक मान्यता रहेको राईनले बताए ।
यस पर्वको अवसरमा नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति, सभामुखसहित विभिन्न दलका नेताहरुले समेत शुभकामना व्यक्त गरेका छन् । विभिन्न सामाजिक सञ्जालबाट टाढा टाढा रहेका साथीभाई, इष्टमित्रहरुमाझ शुभकामना आदानप्रदान गर्दै इस्लाम तथा गैर इस्लामहरुले समेत शुभकामना व्यक्त गरिरहेका छन् ।
इस्लामिक मिठी इदको रुपमा मनाइने यो पर्व रमजान सकिने वित्तिकै मनाउने परम्परा रहेको छ । त्यस्तै उनीहरुको एउटा अर्को प्रमुख पर्व हो इद–उल–मीनाद (उन–नबी) । तर सबै पर्वमध्ये पनि मुस्लिमहरुको लागि बकर इदको महत्व भने एकदमै भिन्न रहेको छ । यसलाई ठूलो इद पनि भनिन्छ । हजको समाप्तिपछि यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको मुख्य धार्मिक महत्व कुर्बानी रहेको छ । कुर्वानीको अर्थ रक्षाका लाग सँधै तत्पर रहनु भन्ने बुझिन्छ । हजरत मोहम्मदको आदेश अनुसार कुनैपनि व्यक्ति जुन परिवार समाज, शहर या मुलुकमा रहन्छ उसैले व्यक्ति, आफ्नो देश, समाज, परिवारको समेत समृद्धिको लागि जस्तो सुकै बलिदानी पनि दिन तयार रहेका हुनुपर्दछ भन्ने धार्मिक विश्वास र मान्यता रहँदै आएको एस रहमान राइनले बताए ।
इद–उल–फितर जस्तै इद–उल–जोहा दुबै पर्वमा गरिवहरुको नै खास ख्याल राखिन्छ । यसको अर्थ इद–उल–जोहाको सामान अर्थात कुर्बानीको समानको तीन हिस्सामा विभाजन गरिन्छ । त्यो तीन हिस्सामध्ये एक हिस्सा आफ्नै लागि राखिन्छ । बाँकी दुई हिस्सामा समाजकोलागि बाँड्नको लागि राखिएको हुन्छ त्यो त तुरुन्त बाँड्नुपर्ने हुन्छ ।
उनीहरुको नियम अनुसार पहिले आफ्नो ऋण चुक्ता गर्नुपर्छ, त्यसपछि मात्रै हजमा जानुपर्छ । र मात्रै बकरइद मनाउनुपर्छ । यसको अर्थ उनीहरु समानको जिम्मेवारी तर्फ समेत सचेत छन् ।
बकर इदको धार्मिक मान्यता र इतिहास अनुसारअल्लाहको हुकुमअनुसार हजरत इब्राहिम अ। इस्लामिकले आफ्नो छोरा स्माइल अ।लाई अल्लाहको आदेश अनुसार आज्ञापालनामा सर्वप्रय सम्पत्ति छोरालाई कुर्वानी गर्न आदेश आएमा आफ्नो सर्वप्रिय सम्पत्ति एउटा मात्र छोरो इस्माइल अ।लाई जंगलमा लगी कुर्वानी (बलि) चढाउन घोप्टो पारेर, छोराको घाँटी तेस्र्याएर तरबार उचालेर हान्नेलाग्दा अल्लाह ९ईश्वर०ले त्यस ठाऊँमा एउटा दुम्वा (खसी) पठाई दिएर त्यो दुम्वालाई बली चढाएको र छोरालाई बचाईदिएको यादमा नै मुस्लिम धर्मावलम्बीहरु खसी, राागाको बली चढाउने धार्मिक मान्यता रही आएको छ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिएका छन् । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताए ।
“अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै अली भनछन् ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना भएको बताए ।
“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको स्मरण समेत गरे ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali