मोरङ, सुनसरी र झापामा कोरोना संक्रमण बढी, आज प्रदेश १ मा ३ सय ८२ संक्रमित पुष्टि

338
SHARES
1.6k
VIEWS
मोरङ, सुनसरी र झापामा कोरोना संक्रमण बढी, आज प्रदेश १ मा ३ सय ८२ संक्रमित पुष्टि

रायुजा न्युज डेक्स
विराटनगर । प्रदेश १ मा सोमबार थप भएका ३८२ जना कोरोना संक्रमित मध्ये मोरङ, सुनसरी र झापाबाट बढी भेटिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङबाट ११९, सुनसरीबाट १०१ र झापाबाट १३६ गरी ३ सय ५६ जना संक्रमित पुष्टि भएका छन् । परीक्षण गरिएका मध्ये १७६ महिला र २०६ पुरुषको रिपोर्ट पोजेटिभ
आएका अन्य जिल्लाहरुमा धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बा¥हदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ७९२, सक्रिय संक्रमितको संख्या ५ हजार ४६१ रहेको छ । आज २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ । प्रदेश १ मा आज ९९१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali