यातायात सञ्चालन गर्ने सरकारको निर्णयप्रति यातायात व्यवसायीको आक्रोश

235
SHARES
1.1k
VIEWS
यातायात सञ्चालन गर्ने सरकारको निर्णयप्रति यातायात व्यवसायीको आक्रोश

रायुजा संवाददाता
विराटनगर । सरकारले यथास्थितिमा यातायात मजदुरका समस्या समाधान नगरी यातायात सञ्चालन गरेकोमा प्रदेश १ यातायात व्यवसायी महासंघले विरोधका कार्यक्रम गरिरहेको छ ।
विरोध कार्यक्रमको सिलसिलामा इटहरी, झापामा पत्रकार सम्मेलनदेखि मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम गरिसकेको छ । यातायात क्षेत्रभित्रका तमाम समस्याहरुको सम्बोधन नगरी, मजदुरहरुको जीवनको ग्यारेन्टी नगरेको ऋणीहरुलाई राहतका प्याकेज नल्याएको आपत्ति जनाउँदै उनीहरुले यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने बताउँदै आएका छन् । बैंकले तारैतार फोन गरिरहेको एकापट्टि छ भने अर्कोपट्टि रोग र भागले यातायात मजदुरहरु मरिरहेको अवस्था छ । यस्तो विषयम अवस्थामा पनि १ प्रतिशत पनि माग सम्बोधन नगरी हचुवाको भरमा दीर्घकालिन कुनै योजना नल्याई पूर्व तयारी नै नगरी यातायात सञ्चालन हुने भनेको भरमा अब यातायात सञ्चालन हुन नसक्ने र यातायात चल्दा सबै सहि ढंगबाट चल्नु पर्दन नत्र कसैको पनि यातायात सञ्चालन गर्न नदिने गरी आन्दोलन अगाडि बढाउने प्रदेश १ अध्यक्ष महेन्द्र अधिकारी बताउँछन् । अधिकारी भन्छन– सरकारले अव्यवहारिक र खतरनाक कदमका रुपमा सार्वजनिक यातायात सञ्चालनको तयारी सरकारले गरेको आरोप लगाएका छन् । उनीहरुले व्यवसाय चौपट भएको र सोको निराकरणका लागि कर्जा १ वर्षपछि तिर्न मिल्ने व्यवस्था गर्न, सबै मजदुरलाई खोपको व्यवस्था गर्न समेत माग गरेका छन् ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali