व्यवसायीमाझ इटहरी उवा संघको आकर्षण घटदै, मतदाता करिब ३ हजारमा सीमित हुने आँकलन

521
SHARES
2.5k
VIEWS
व्यवसायीमाझ इटहरी उवा संघको आकर्षण घटदै, मतदाता करिब ३ हजारमा सीमित हुने आँकलन

रायुजा संवाददाता
इटहरी । व्यवसायीमाझमा इटहरी उद्योग वाणिज्य संघको आकर्षण घट्दै गएको छ । कारोना भाईरस, प्राकृतिक प्रकोपको पीडाबाट थिलथिलो बनेका इटहरीका व्यवसायीमाथि उद्योग वाणिज्य संघले व्यवसाय नविकरणका लागि असार मसान्तको समयसीमा तोकेको छ । १० हजार बढी व्यवसायी मध्ये ५ हजार बढीले मात्र व्यववसायी नविकरण गरेर मतदानमा भाग लिएको तथ्याङ्क उवा संघमा छ । तर यस पटक त्यो पनि घटेर करिब ३ हजारको हाराहारीमा व्यवसायी दर्ता हुने आँकलन व्यवसायीको रहेको छ ।
उवा संघ इटहरीका अनुसार १० हजार ६२ व्यवसाय दर्ता भएको र अघिल्लो निर्वाचनमा ५ हजार ६८ जनाले मात्र मतदान गरेका छन् ।
उवा संघको निर्वाचनमा चल्ने अस्वस्थ प्रतिष्पर्धा कम गराउन विगतको नियम परिवर्तन गरी निर्वाचनको १ वर्ष अगाडि नै नविकरण गरिसक्नु पर्ने प्रावधान अनुसार नविकरणका लागि आब्ह्वान गरिएको महासचिव पिताम्बर पोखरेल बताउँछन् ।
व्यवसाय नवीकरणको मिति सकिन एक साता मात्र बाँकी रहँदा मंगलबार सम्ममा ७ सय ५४ व्यवसायीले मात्र नविकरण गराएका छन् । त्यसमध्ये उद्योग तर्फ १२८, वाणिज्य तर्फ ५९८, एसोसिटएट तर्फ २१ र बस्तुगत तर्फ ७ रहेका छन् । उवासंघ इटहरीमा ९ सय १० जनाले आजीवन सदस्यता प्राप्त गरेको महासचिव पोखरेलले बताए ।
तर व्यवसायी भने विषम परिस्थितिमा उद्योग वाणिज्य संघको सदस्यका हैसियतबाट राहत पाउनुपर्नेमा अझ पिडा र दूःख थप्ने काम भएको गुनासो गर्न थालेका छन् । बजार क्षेत्रका एक सुन व्यवसायी भन्छन– यो विषम परिस्थितिमा व्यवसायीहरुको नविकरण स्वतः हुनुपर्ने, भार नपारी व्यवसायीको हितमा उवासंघ लाग्नु पर्नेमा अझ व्यवसायीमाथि आर्थिक मारमा पार्दै ऋणको बाझ बढाउँने काम गरेको छ । विगतमा हामीले सदस्यता बनेर तिरेको रकमको सहि सदुपयोग नै भएन । असहज अवस्थामा पनि साथ र सहयोग पाइँदैन भने उवा संघको सदस्यता बनिरहनुको कुनै अर्थ नरहेको उनको तर्क छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali