अन्ततः फेरी सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

188
SHARES
895
VIEWS
अन्ततः फेरी सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

रायुजा न्युज डेक्स
विराटनगर । कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको जानकारी दिए ।


सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ज्ञातव्य छ, कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने तयारी छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali