किन गुडाइन्छ नेपाली सेनाका बख्तरबन्द गाडी सडकमा

1.2k
SHARES
5.9k
VIEWS
किन गुडाइन्छ नेपाली सेनाका बख्तरबन्द गाडी सडकमा

रायुजा न्युज डेक्स
विराटनगर । देशमा विषम परिस्थिति आइपर्दा सडकमा उतार्न प्रयोग हुने नेपाली सेनाका बख्तरबन्द गाडी (आर्मोड भेहिकल) बेला बेला सडकमा गुड्ने गरिन्छ ? सहज र सामान्य अवस्था हुँदा पनि नेपाली सेनाका यस्ता गाडीहरु सडकमा किन गुडाइन्छ भन्ने कौतुहल आम मानिसलाई लाग्ने गर्दछ । नेपाली सेनाका यस्ता लडाकु गाडी मात्र होइन सेना मात्रै समूहमा बाहिर निस्केको देख्दा अधिकांश मानिस भयभित हुने गर्दछन् । नेपाली सेना विकास निर्माणदेखि सामाजिक अभियानमा जनता सँगसँगै हुँदा समेत मानिसभित्र रहेको डर अझे हटाउन सकेको छैन । यस कारणले पनि यस्ता गाडीहरु सडकमा गुड्दा मानिसहरु निके चासो र चिन्ताका साथ हेर्ने र अवलोकन गर्ने गर्दछन् । तर डराउनु पर्दैन कुरा अर्कै छ ।

नेपाली सेनाभित्रका यस्ता गाडीहरु ड्राइभिङ अभ्यासका लागि सडकमा निकाल्ने गरिन्छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना जारी गर्दे यस्ता गाडीहरु कुद्ने रट समेतको तालिका बनाएको छ । सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएको सूचनामा उल्लेख छ । आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको सेनाले जनाएको छ ।
सूचना अनुसार सेनाका बख्तरबन्द गाडी सुनसरी र मोरङका सडकमा समेत गुड्ने छन् । सुनसरीको इटहरी, भुम्का चोक, ईनरुवा, भण्टावारी खनार, दुहवीमा बख्तरबन्द गाडीले अभ्यास गर्ने छन् । त्यस्तै मोरङको बिराटनगर समेत अभ्यास हुने सेनाले बताएको छ । यि स्थानमा इटहरी गुल्म अन्तरगत विभिन्न मितिमा अभ्यास हुनेछ ।
साउन १४ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, टयाङ्ग्रा खोला, पशुपति चोक, हवाईचोक, तालतलैया र सोहि रुट फिर्ता हुनेछ । साथै साउन २५ गते सुनसरी व्यारेकबाट ईटहरी चोक, झुम्का चोक, ईनरुवा, भण्टावारी र सोहि रुट हुदै व्यारेक फिर्ता र साउन ३२ मा सुनसरी व्यारेकबाट ईटहरी चोक, खनार, दुहवी, बिराटनगर र सोहि रुट हुदै ब्यारेक फिर्ता हुने रूट सेनाले सार्वनजिक गरेको छ । काठमाडौंको सीतापाइस्थित बाहिटी ब्यारेक र धनगढी गुल्मले समेत सो अभ्यास गर्न लागेको सेनाले जनाएको छ ।

सप्तकोशी अनलाईनको सहयोगमा

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali