कोरोना संक्रमण तव्र रुपमा बढ्दै, देशभर झण्डै ५ हजार संक्रमित थपिँदा प्रदेश १ मा १ हजार बढी थप, नेपालमा ३५ को निधन

320
SHARES
1.5k
VIEWS
कोरोना संक्रमण तव्र रुपमा बढ्दै, देशभर झण्डै ५ हजार संक्रमित थपिँदा प्रदेश १ मा १ हजार बढी थप, नेपालमा ३५ को निधन

रायुजा न्युज डेक्स
विराटनगर । नेपालमा पुनः कोरोना संक्रमणले तिव्रता पाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा झण्डै ५ हजार कोरोना संक्रमित थपिँदा प्रदेश १ मा १ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रलायका अनुसार एकै दिन ४ हजार ९ सय ४ जना संक्रमित देशभरबाट थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण थपिएका हुन भने एन्टिजेन विधिबिाट ५ हजार ९०६ जनाको परीक्षण गर्दा १ हजार ७ सय १० संक्रमित थपिएका छन् ।
मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा एकै दिन ३५ जनाको निधन भएको छ । हालसम्म निधन हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना कोरोनाको सफल उपचार पछि निको भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रेदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जना संक्रमित थपिएका छन् । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय २२ पुरुष र २ सय ३३ महिला गरी ४ सय ५५ जना सफल उपचारबाट निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ महिला र ३ पुरुष गरी ५ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ८१, झापामा १ सय ७९, सुनसरीमा १ सय ३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १–१, झापाको विर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३, बद्धशान्तिमा १५, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ३–३, बा¥हदशीमा २, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १, उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali