प्रदेश १ का २१ सहित ३५ जनाको सोमबार निधन, ढेढ लाख बढीले लगाए खोप

146
SHARES
697
VIEWS
प्रदेश १ का २१ सहित ३५ जनाको सोमबार निधन, ढेढ लाख बढीले लगाए खोप

रायुजा संवाददाता
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थपिएका ६९२ जना कोरोना संक्रमित सहित देशभरबाट सोमबार ३ हजार ४ सय ५१ जना संक्रमण पुष्टि भए । प्रदेश १ मा १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षणबाट ४ सय ४९ र ८ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।
प्रदेश १ मा निधन भएका १२ महिला ९ पुरुष गरी २१ जना सहित देशभरबाट ३५ जनाको कोरोन संक्रमणबाट सोमबार ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ५८ महिला र २ सय ३५ पुरुष रहेका छन् । प्रदेश १ सहित देशभरबाट २ हजार ४ सय ५८ जना उपचारार्थ संक्रमित निको भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणदर २२.१० प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।
हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या देशभर ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने १० हजार ३ सय २७ जनाको ज्यान गईसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म आईसीयूमा ७ सय ९५ जना, भेन्टिलेटरमा १ सय ९७ जना, होम आइसोलेशनमा ३६ हजार ३६ जना, संस्थागत आइसोलेशनमा ३ हजार ३ सय ३५ र क्वारेन्टाइनमा ४ सय २ जना रहेको तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा १ लाख ५८ हजार ३३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाए अनुसार झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बा¥हदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १–१, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali