इटहरीमा टेलरिङ तालिमबाट आत्मनिर्भरताका लागि मेसिन वितरण

235
SHARES
1.1k
VIEWS
इटहरीमा टेलरिङ तालिमबाट आत्मनिर्भरताका लागि मेसिन वितरण

रायुजा संवाददाता
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ५ मा सम्पन्न ६५ दिने टेलरिङको समापनमा स्थानीय तहबाट २० जनालाई मेसिन हस्तान्तरण गरिएको छ । सम्वृद्धि हेल्भेटास परियोजना अन्र्तगत ६५ दिन सम्म संचालित टेलरिङ्ग तालिमको समापनका अवसरमा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत ७ वटा वडा नं. ५ को तर्फबाट १३ वटा गरी जम्मा २० वटा मेसिन हस्तान्तरण गरिएको उपमेयर लक्ष्मी गौतमले बताईन् ।
मेसिन हस्तान्तरणपछि सम्बोधन गर्दै उपमेयर गौतमले तालिम सम्वृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले इटहरी ५ मा संचालन गरेको र महिलालाई शीप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने वनाउने लक्ष्य राखिएको बताइन् । उपमेयर गौतमले सिकेको शीप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार वन्न आग्रह समेत गरिन् ।
यसैगरी सोही वडाका वडाअध्यक्ष कल्याण वहादुर कार्कीले शीप सिकेका महिलाले सिलाएका लुगाको वजारीकरणमा सहयोग गर्ने बताए । सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर वालमुकुन्द न्यौपानेले हातमा शीप भएको मान्छे कहिल्यै भोको वस्नुनपर्नेमा जोड दिए । कार्यक्रममा आयोजक मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिका विकास खनाल,वडा सदस्य टीका वस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेल मन्तव्य राखेका थिए । उक्त तामलिमका प्रशिक्षकमा निर्मला मैनाली र सुमित्रा विश्वकर्माको मुख्य भुमिका रहेको वडाअध्यक्ष कार्कीले बताए । ६५ दिने सो तालिम गतहप्ता सम्पन्न भएको हो ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali