पाठकको पुर्पुरो : वि.सं. २०७८ भाद्र २५ गते (सन् २०२१ सेप्टेम्बर १० तारिख) शुक्रबार

954
SHARES
4.5k
VIEWS
पाठकको पुर्पुरो : वि.सं. २०७७ वैशाख १९ गते शुक्रबार (सन् २०२० मे ०१ तारिख)

पुर्पुरोमा जे लेखिए पनि भाग्यसँगै कर्म गरौं । कोरोना विरुद्धको खोप सबैतिर अभियानको रुपमा चलिरहेको हुँदा खोप लगाउने स्थानमा भिडभाड नगरी सबैले खोप लगाऔं । यतिखेर सबै भुगोल र समुदायमा कोरोनाको प्रभाव न्युन हुँदै गए पनि असर अझै बाँकी छ । भाइरल ज्वरोको प्रकोप पनि त्यतिकै बढेको छ । कोरोना र भाइरल ज्वरो छुट्याउन तुरुन्तै चिकित्सकको सल्लाह लिऔं । तरपनि कोरोनाको प्रभावबाट बच्न र बचाउन पर्ने दायित्व हाम्रै हो । यसर्थ कोरोना भाइरसबाट बच्ने उपायहरु स्वास्थ्य मापदण्ड, सामाजिक दुरीका साथ सचेत भई आफू सुरक्षित रहौं र अरुलाई पनि सचेत बनाऔं ।


मेष – समय शुभ र सफलताकारक छ । पारिवारिक सुखशान्ति समृद्धि प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । कुनै समस्या भए त्यसको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ ।

बृष – आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्म पथमा प्रगति होला । यात्रामा सफलता प्राप्त हुनेछ । व्यापारमा प्रगति हुनेछ । सहयोगले काम होला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । सुख सफलता प्राप्त होला । मित्रजनको सहयोग मिल्नेछ । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । धनको आगमन भैरहनेछ ।

मिथुन – शुभ, भाग्यवर्द्धक र मनोकूलको काम बन्नेछ । धन यश मान सुख समृद्धि बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट – दौडधुप तथा व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुसितको व्यवहारमा ध्यान दिनुहोला । नियमकानुन तोड्नु उचित हुने छैन । आवेगमा आएर जोखिम मोल्ने काम नगर्नुहोला ।

सिंह – आयस्रोत बढ्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्ततिसुख बढ्नेछ । लगानी उठ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन एवम् प्रेमपात्रको सहयोग मिल्नेछ । सुख–आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुहोला । धनागमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार होला ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र तथा सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ ।

मकर – सुख सम्पन्नता बढ्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्द बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali