भाट–भटेनीले दिने छुट सुविधा यथावत्, अन्य सुविधा थपिँदै, सञ्चालनको १० दिनमै सीमित आइटममा ११ करोड बढीको व्यापार

1k
SHARES
4.8k
VIEWS
भाट–भटेनीले दिने छुट सुविधा यथावत्, अन्य सुविधा थपिँदै, सञ्चालनको १० दिनमै सीमित आइटममा ११ करोड बढीको व्यापार

रायुजा संवाददाता
इटहरी । संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको सहज ढंगबाट सामान खरिद गर्न पाउने अधिकारको सुनिश्चितताको व्यवस्थापनमा सचेत भाट–भाटेनी सुपरमार्केटले देशकै सबैभन्दा ठूलो, सुविधा सम्पन्न व्यापारिक भवनबाट कारोबार सुरु गरेर प्रदेश १ को व्यापारिक केन्द्र इटहरीलाई नयाँ उचाईमा पु¥याएको छ । उक्त सुपरमार्केटबाट १० दिन नपुग्दै ठूलो सफलता मात्र मिलेको छैन प्रदेश १ सहित इटहरीबासीको अपार माया पाएकोमा गौरवान्वित भएको उक्त भाटभाटेनीका सञ्चालक मिन गुरुङले सञ्चारकर्मीसमक्ष बताएका छन् । उनले भनेका छन्– भाट–भटेनी सुपर स्टोर सर्वप्रथम प्रदेश नं. ৭ लगायत सम्पूर्ण इटहरीवासी आदरणीय ग्राहक महानुभावहरुले यस भाट–भटेनी सुपर मार्केटप्रति देखाउनु भएको अपार स्नेह तथा मायाले हामी अत्यन्तै गौरवान्वित महशुस गरेका छौं । ग्राहकप्रति कृतज्ञता जाहेर गर्दै गुरुङले तपाईहरुले दिनुभएको स्नेह तथा मायाको लागि हामी हृदयदेखि नै कृतजता समेत जाहेर गरेका छन् । उनले भने– हामीले समुदघाटनका अवसरमा यहाहरु समक्ष प्रदान गरेको १० प्रतिशत तथा २० प्रतिशत छुटको सुविधाहरु अर्को सूचना नआउँदासम्मका लागि यथावत् नै रहेको जानकारी गराउँदछौं साथै आउँदा दिनहरुमा पनि यहाँहरुको यस्तै साथ, विश्वास र हौसलाको निरन्तर अपेक्षा राखेको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको रहेको छ ।

May be an image of text that says "भाट-भटेनी BBSM (ESTD. 1984 सुपर स्टोर सर्वप्रथम प्रदेश नं. ৭ लगायत सम्पूर्ण इटहरीवासी आदरणीय ग्राहक महानुभावहरुले यस भाट-भटेनी सुपर मार्केटप्रति देखाउनु भएको अपार स्नेह तथा मायाले हामी अत्यन्तै गौरवान्वित महशुस गरेका छौं I तपाईहरुले दिनुभएको स्नेह तथा मायाको लागि हामी हृदयदेखि नै कृतजता व्यक्त गर्न चाहन्छों। हामीले समुदघाटनका अवसरमा यहाहरु समक्ष प्रदान गरेको १0% तथा २०% छुटको सुविधाहरु अर्को सूचना नआउँदासम्मका लागि यथावत् नै रहेको जानकारी गराउँदछौं साथै आउँदा दिनहरुमा पनि यहाँहरुको यस्तै साथ, विश्वास र हौसलाको निरन्तर अपेक्षा गर्दछों। मीनबहादुर गुरुक अध्यक्ष तथा प्रबन्ध निर्देशक एवम् सम्पूर्ण भाट-भटेनी सुपर मार्केट परिवार OUR GOAL IS SATISFY CUSTOMERS"
उक्त सुपरमार्केटका कुशल व्यवस्थापक विनोद भट्टराईले गत भाद्र १९ गते शनिबार देखि शुभारम्भ भएको १९ औं स्टोरले १० दिन पनि नपुग्दै बिक्रीमा राखिएका केही आइटमहरुबाटै ११ करोड बढी भएको कारोबारले स्पष्ट रुपमा भाटभटेनी इटहरी शाखा आम नागरिकको रोजाइमा परिसकेको पुष्टि गरेको बताए । भट्टराईले भने–सञ्चालनमा आएको ९ दिन सम्ममा खाद्यान्न, रेडिमेड कपडा, किचन वेयर र इलेक्ट्रोनिक व्यापारबाट नै ११ करोड व्यापार भएको अन्यको आइटमको व्यापारमा यसमा नजोडिएको बताए ।
इटहरी १७ स्थित लबीपुरमा सञ्चालित शाखामा मानिसहरुको खचाखच देख्न सकिन्छ । भट्टराईले ग्राहकलाई दिएको सेवाकै कारण रोजाइमा पर्दै गएको बताएका छन् । सो शाखामा पूर्वमा झापादेखि विराटनगर, धरान हुँदै प्रदेश २ का जिल्लाहरुबाट समेत सेवाग्राहीहरु अवलोकन गर्न आउने गरेको भट्टराईले जानकारी दिए ।
भाटभटेनी अवलोकनमा आउँदा मानिसले केही न केही लगिहाल्छन् नि, हामीले शेवामूलक ढंगबाट संचालन गरिरहेका छौं ’cause भाटभटेनी यो स्तरसम्म आउनु सबै नागरिककै हातमा छ । उनले भाटभटेनीको यो स्टोरमा सुन बाहेक मानिसको जीवनमा आवश्यक सामग्री सबै रहेको उनले बताए । आजको प्रविधिको युगमा विश्व नै खुम्चिएर सानो भएको बेलामा आम मानिसको दैनिकी व्ययस्ततालाई ख्याल गरेर सबैतिर यस्ता स्टोरहरुबाट सम्पूर्ण सामान एकै ठाउँमा खरिद गर्न सक्ने वातावरण मिलाउनु अनिवार्य रहेको बताए ।
उनले स्टोरका अध्यक्ष तथा सञ्चालक गुरुङले गर्दा के हुँदैन भन्ने उदाहरणीय व्यक्तित्व बनिसकेको बताए । सञ्चारकर्मीसँग गुरुङले छोटो प्रतिक्रिया दिँदै भने– आफूलाई भाटभटेनीको १९ औं स्टोरको उद्घाटन गरिरहदा गर्व लागेको बताए । नेपालमा केही हुँदैन भन्नेलाई पनि यो उदाहरण हुन्छ । उनले भने ।

No description available.
भाटभटेनीले अहिले ५ सय जनालाई रोजगारी प्रदान गरेको छ । ३५ कट्ठा जमिनमा भवन निर्माण सुरु गरेको भाटभटेनीले १८ महिना पछि सेवाग्राहीलई सेवा दिन सुरु गरेको हो । गतवर्षको पुसदेखि नै सेवा दिने उद्देश्य साथ काम गरिएकोमा कोभिड सङ्क्रमणका कारण ढिला भएको व्यवस्थापक भट्टराईको कथन छ ।
सुपुर मार्केटको पहिलो तलामा किचनवेयर र बालबालिकाका खेलौनाका राखिएको छ । दोस्रो तलामा कपडा, जुत्ता राखिएको छ भने तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, लगेज, गलैँचा आदि राखिएको छ । त्यस्तै चौथो तलामा हङकङको विश्व प्रसिद्ध मल्टिनेसनल कम्पनी क्यू एन्ड क्यूका फर्निचर रहेका छन् ।
फर्निचरको तलाभन्दा माथि २ वटा मल्टिप्लेक्स सिनेमा हल हुनेछन् । एक हलको दर्शक क्षमता ५ सय हुनेछ । त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट रहेको छ । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिनेछ ।
हिमालय जाबा कफीभन्दा माथिका तला क बर्गका वाणिज्य बैङ्कका लागि छुट्याइएको छ । यही ब्लकमा बैङ्कका १० वटा एटीएम पनि राखिने भट्टराईले जानकारी दिए ।

No description available.

देशमा विद्यमान रोजगारीको समस्या समाधानमा ठूलो योगदान पु¥याईरहेको उक्त सुपरमार्केटले रोजगारी तथा अन्य प्रयोजनबाट विभिन्न देश पुगेर फर्किएकाहरुको अन्तर्राष्ट्रिय मापदण्डका खाद्य सामग्रीको उपलब्धता र नेपालमै रहेर विदेशी स्वाद नलिएकाहरुलाई सवाद दिने काममा समेत उत्तिकै सफल देखिएको छ । सञ्चलक तथा प्रबन्धक गुरुङका अनुसार इटहरी शाखामा मात्र ५ सय बढी नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यस हिसाबले देशभरका स्टोरहरुमा हजारौं नेपालीहरुले रोजीरोटीका लागि रोजगारी समेत भाटभटेनीले दिईरहेको छ ।

 

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali