अविरल वर्षाका कारण देशभर १०४ जनाको गयो ज्यान, प्रदेश १ मा सबैभन्दा बढी

528
SHARES
2.5k
VIEWS
अविरल वर्षाका कारण देशभर १०४ जनाको गयो ज्यान, प्रदेश १ मा सबैभन्दा बढी

रायुजा संवाददाता
विराटनगर । कुबेलामा आएको अविरल वर्षाका कारण प्रदेश १ मा ठूलो मानविय तथा भौतिक क्षति भएको छ ।
गत आइतबारदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर देशभरबाट १०४ जनाले ज्यान गुमाउँदा प्रदेश १ मा ६२ जना परेका छन् भने अरबौंको क्षति भएको छ ।
उक्त वर्षाबाट आएको पहिरोले इलाममा १४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका र १ जना बेपत्ता भएका छन् । यसैरी पााचथरमा २८ जनाले ज्यान गुमाएका छन् भने ९ जना घाइते भएका र ६ जना बेपत्ता भएका छन् । उक्त जिल्लामा पहिरोमा परेर २६ जना र २ जना खोलाले बगाएर निधन भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी धकुटामा ७ जनाले पहिरोमा परेर ज्यान गुमाउनु परेको छ भने ५ जना घाइते भएका छन् । यसैगरी सुनसरीमा ६ जनाले ज्इान गुमाएका छन भने ३ जना हराईरहेका छन् । सो जिल्लामा पहिरोमा परेर ३ जना र खोलाले बगाएर ३ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालय इनरुवाले जनाएको छ ।
यस्तै उदयपुरमा पनि २ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । मोरङमा १ जना नालामा डुबेर ज्यान गुमाएका छन् भने ३ जना हराईरहेका छन् । सोलुखुम्बरमा १ जना खोलाले बगाएर निधन भएको छ ।
यस्तै भोजपुरमा १ जना रुखले च्यापेर ज्यान गुमाउन पुगेका छन् भने संखुवासभामा १ जना घाइते मात्र भएका छन् ।
यसैगरी अर्को ठूलो क्षति सुदुरपश्चिम प्रदेशमा परेको छ । उक्त प्रदेशमा ३१ जनाले ज्यान गुमाएका छन् । यस्तै कर्णाली प्रदेशमा ७ जनाले ज्यान गुमाएका छन भने ३ जना घाइते भएका १ जना बेपत्ता भएका न् । लुम्बिनी प्रदेशमा २ जको ज्यान गएको छ २ बेपत्ता भएका छन् । बाग्मती प्रदेशमा १ जनाको ज्यान गएको छ भने १ बेपत्ता भएका छन् । प्रदेश २ मा १ जना बेपत्ता भएका छन् भने पदेश २ मा भने कुनै मानविय क्षति हुन पएको न तर १ जना हराईरहेका छन् ।

सम्बन्धितखबर

ट्रेण्डिङ

 

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali