जितमा कांग्रेस, मोरङका विराटनगर महानगरसहित ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

397
SHARES
1.9k
VIEWS
जितमा कांग्रेस, मोरङका विराटनगर महानगरसहित ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

रायुजा संवाददाता
विराटनगर । यतिखेर नेपाली कांग्रेस १४ महाधिवेशनको प्रक्रियामा आन्तरिक लोकतान्त्रिक विधि र पद्दतिका आधारमा तल्ला तहको पदाधिकारी चयनमा लागेको छ । देशभर वडास्तरीय समिति चयन सकेर शनिबार पालिकास्तरीय पदाधिकारी छनौटमा कांग्रेसका आकांक्षी उम्मेदवारहरु विभिन्न पदमा प्रतिष्पर्धा गरिसकेका छन् । कतिपय पालिकाको मतपरिणाम आइसकेको छ । नेतै पिच्छे वा गुटै गुटबाट कांग्रेसका नेता कार्यकर्ता आन्तरिक प्रतिष्पर्धामा लागे भनेर आलोचना भईरहँदा अन्ततः निर्वाचनबाट जो जहाँबाट निर्वाचित वा पराजित भए पनि त्यो पार्टीका आन्तरिक प्रतिष्पर्धा भएकोले जित कांग्रेसकै हुनेपर्ने विश्लेषकहरु बताउँछन् । आन्तरिक निर्वाचनको तुष बोकेर भोलिका दिनमा हुने राष्ट्रिय निर्वाचनमा प्रयोग गरिनु किमार्थ हुन्न भन्ने कांग्रेसीजनहरु नै छन् तर पनि गुटगत असर तलदेखि माथिसम्म परेकोमा सच्चा कांग्रेसीहरु चिन्तित पनि छन् ।
यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार मोरङ जिल्लाका प्रदेश १ को एक मात्र महानगरपालिका विराटगरसहित ८ वटाको मतपरिणाम प्राप्त भएको छ । जसमा देउवा पक्ष कमजोर बनेको र अन्य गुट तथा नेताहरु बलियो बनेको भनिरहँदा देउवा त्यही पार्टीका पार्टीसभापति तथा वर्तमान प्रधानमन्त्री र अन्य नेताहरु पनि त्यही पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारी नै हुन् तर फरक यति हो कि कांग्रेसको नेतृत्व लिएर कुन नेतृत्वबाट कसरी काम भयो ? जनताको पक्षमा कुन नेतृत्व उभियो वा नेपाली कांग्रेसलाई लोकप्रिय र जनताको कांग्रेस बनाउन कुन पदाधिकारी लागे भन्ने चाहि प्रमुख विषय बन्न आउँछ । यसकारणले पनि पार्टी सभापति तथा शेरबहादुर देउवाको आलोचना वा लोकप्रियता खस्किन पुगेको देखिन्छ । तथापि जित चाहि कांग्रेसकै भएको छ ।
मोरङका ७ पालिकामध्ये एउटा गाउँपालिका धनपालथान गाउँपालिकाका सभापति दिवबीर पाण्डे भने देउवा पक्षधर मात्र विजयी भएको र अन्य ७ वटामा संस्थापन इतर पक्ष विजयी भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लोकप्रिय नेता शेखर कोइरालासहित केन्द्रीय नेताहरुको आर्शिवाद पाएका दिपक चापागाईले नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिको बागडोर सम्हाल्ने भएका छन् । ४ जना प्रतिष्पर्धी रहेको विराटनगर महानगरपालिकामा संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत, कृष्ण कार्कीले १३३ र पौडेल समूह भनेर अगाडी सारिएका अरुण न्यौपानले १२७ मत प्राप्त गरेर आन्तरिक लोकतन्त्रलाई मजबुत पारेका छन् ।
यसैगरी विराटनगर महानगरपालिकको अन्य पदाधिकारीहरुमा उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भए ।
यसैगरी प्राप्त जानकारी अनुसार कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका तथा बेलबारी, सुनबर्सी र पथरी शनिश्चरे नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार नेपाली कांग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । शम्भु भट्टराईलाई पराजित गर्दै उनी बिजयी भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरे । भट्टराईले ९४ मत प्राप्त गरेका थिए ।
कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । दाहालले ७३ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेद्वार दीपक चौलागाईले ७१ मत प्राप्त गरे ।
कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत बिजयी भएका छन् । उनले ८४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले ४ मत प्राप्त गरे ।
उता मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । राईले १३४ मत प्राप्त गरेका थिए । सभापतिका उम्मेद्वार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे ।
धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे बिजयी भएका छन् । पाण्डेले ८३ मत प्राप्त गरे । सभापतिका उम्मेद्वार बासुदेव रायले ३७ मत प्राप्त गरेको सचिव घिमिरेले बताए ।
सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् । उनले १०५ मत प्राप्त गरे । सभापतिका उम्मेद्वार महेश्वर राजवंशीले ८९, बैजनाथ झाले ८ म प्राप्त गरेको जिल्ला सचिव घिमिरेले बताए ।
यस्तै पथरीशनिश्चरे नगर सभापतिमा रुपनारायण भट्टराई बिजयी बनेका छन् । उनले ८२ मत प्राप्त गरेका थिए । उपसभापतिमा सन्तोष कार्की र कुलबहादुर गुरुङ, सचिवमा सोमबहादुर कटुवाल र योगराज पाठक, सहसचिवमा खगेन्द्र बस्नेत र सोफिया कटुवाल बिजयी बनेका छन् ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali