देशभर कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा ख्वाऊँ

265
SHARES
1.3k
VIEWS
देशभर कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा ख्वाऊँ

रायुजा न्युज डेक्स
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ७ र ८ गते बालबालिकालाई मिटामिन ए, जुकाको औषधि र बालभिटा ख्वाउने अभियान चलाउँदैछ । यस अघि कात्तिक २ र ३ गते खुवाउने भनिएकोमा दशैंका कारण मिति पर सारिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा तोकिएको मितिमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ। जसमा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा (बहुसूक्ष्म पोषक तत्व), ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहजीकरणमा हुने कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali