प्रदेश १ का मुख्यमन्त्री आचार्यको विश्वासको मत लिने कार्यक्रम कात्तिक १५ गते स¥र्यो

430
SHARES
2k
VIEWS
प्रदेश १ का मुख्यमन्त्री आचार्यको विश्वासको मत लिने कार्यक्रम कात्तिक १५ गते स¥र्यो

रायुजा संवाददाता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने कार्यक्रमको कार्यसूचि अनुसार बैठक बस्नै लाग्दा नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न दिएको निवेदनका आधारमा बैठक स्थगित भएको छ । निर्धारित कार्यसूचिकै आधारमा आगामी कात्तिक १५ गते उक्त बैठक बस्ने गरी स्थगन भएको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजको प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद सचिवालयमा यसअघि निवेदन दिएका थिए ।
आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफल र मतविभाजन गर्ने कार्यसूची थियो ।
कांग्रेसले संसद बैठक स्थगित गर्न माग गरेलगत्तै सत्तारूढ दल एमालेले पनि कार्तिक १५ गतेमात्रै बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको थियो ।
सोही निवेदनका आधारमा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले दिउँसो जारी सूचनामा मिति २०७८÷०७÷०७ का लागि निर्धारण गरिएको कार्यसूची बमोजिम नै हुने गरी कार्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने उल्लेख गरिएको छ ।
कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको हो भने एमालेले कांग्रेसले बैठक स्थगित गर्न माग गरेको र अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेल सम्मकालागि बैठक रोक्न माग गर्दै निवेदन दर्ता गरेको हो ।

सम्बन्धितखबर

ट्रेण्डिङ

 

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali