सुन्दरहरैंचामा बजार अनगुमन, व्यापारीबाट अनुगमन टोली तथा मिडियामाथि दुव्र्यवहार, पत्रकार महासंघ मोरङले निकाल्यो विज्ञप्ति

164
SHARES
780
VIEWS
सुन्दरहरैंचामा बजार अनगुमन, व्यापारीबाट अनुगमन टोली तथा मिडियामाथि दुव्र्यवहार, पत्रकार महासंघ मोरङले निकाल्यो विज्ञप्ति

रायुजा संवाददाता
विराटनगर । सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा बजार अनुगमनका क्रममा अनुगमनकर्ता र मिडियामाथि एक व्यापारीले अभद्र व्यववहार देखाएका छन् । चाडपर्वमा सहज, सरल र सुपथ मूल्यमा आवश्यक सामग्री पाउने सर्वसाधारणको अधिकारको सम्मान गर्दै सुन्दरहरैंचा नगरपालिका र सरोकारवालाहरुको संयुक्त टोलीमाथि सुन्दरहरैंचा ७ स्थित गोठागाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चालक अनुरोध साहले अभद्र शैली देखाएका हुन् ।
मिति सकिएका, बिग्रीएका अखाद्य वस्तु बिक्री वितरण भइरहेका सामानहरु अनुगमन टोलीले जफत गर्ने र सञ्चारकर्मीले भिडियो लिने क्रममा विवाद भएको मकालु टेलिभिजनका पत्रकार रेवती निरौलाले बताए । निरौलाका अनुसार उक्त पसलमा किरा परेको चामल, मिति सकिएको विस्कुट, धनिया मसला लगायतका समान जफत गर्ने क्रममा विवाद हुँदा व्यसायी साहले मिडियाकर्मीलाई धकेल्ने र भिडियो डिलेट गर्न दबाब दिने गरी अभद्र शैली प्रस्तुत गरेका छन् । सो अनुगमन टोलीसँग रातोतारा अनलाईनका शिव भट्टराई भोजपुरे र मकालु टेलिभिजनका रेवती निरौला सहभागी थिए । भट्टराईका अनुसार आफुलाई समाजसेवी बताउने नेपाली कांग्रेसका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि समेत रहेका साहले समाचारमा आफ्नो भिडियो नदेखाउन सञ्चारकर्मीहरुलाई चेतावनी समेत दिएको बताए ।
यता अनुगमन टोलीका संयोजक सुन्दरहरैंचा नगरपालिकाका अनुगमन समिति सदस्य जीवनकुमार चापागाईंले सामाजिक राजनीतिक रुपमा अगुवा व्यक्तिले अनुमगन टोलीलाई सहयोग गर्नुपर्नेमा उल्टै असहयोग गर्नु विडम्बनापूर्ण भएको बताए । अनुरोध साह बाहेक अनुगमन गरिएका अन्य पसलका सञ्चालकहरुले भने अनुगमन टोलीलाई खुलेर सहयोग गरेका थिए । सुन्दरहरैंचा ७ कै अनिल किराना पसल तथा सुन्दरहरैंचा २ को जय माँ दुर्गा किराना पसलका सञ्चालक सोनी कुमारी झा लगायतले भने अनुगमनमा पूर्ण सहयोग गर्दै यस्ता अनुगमनले व्यवसायीलाई सचेत गराउने भएको भएकाले नियमित गर्नुपर्ने बताए ।
यसैबीच पत्रकार महासंघ मोरङले विज्ञप्ती जारी गर्दै बजार अनुगमनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । महासंघ सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार संकलनका लागि बोलाएर पुगेका सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नु, क्यामेर खोस्ने प्रयास गर्नु तथा भिडियो डिलिट गर्न दबाब दिनु निन्दनिय कार्य भएको उल्लेख गरिएको छ।

सम्बन्धितखबर

ट्रेण्डिङ

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali