युवा जागरण संवाददाता
प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बांकी हुँदा ५५ सय ३५ मतले अग्रता लिएकी एमाले केन्द्रीय सदस्य तथा ३ नम्बर क्षेत्रको उम्मेदवार भगवती चौधरी संघीय संसद छिर्ने जमर्कोमा लागेकी छन् । प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३६९३६ मत प्राप्त गरिन भने उनका निकटतम प्रतीद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् । आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार ५३५ मतान्तरले पछि पारेकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाएका छन् । अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । यसैगरी सुनसरी ३ प्रदेश सभा (२) तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना गर्न बाँकी रहेको छ ।
युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम