६ राजनीतिक दलले पाए राष्ट्रिय मान्यता

युवा जागरण न्युज डेक्स

444
SHARES
2.1k
VIEWS

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको ९० प्रतिशत मतगणना सकिँदा छ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि तीन प्रतिशतको सीमा नजिक पुगे पनि राष्ट्रिय पार्टी बन्ने वा नबन्ने अझै निश्चित भइसकेको छैन।
यो निर्वाचनबाट प्रत्यक्षतर्फ सात सिट जितेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि कांग्रेस र एमालेपछि माओवादी हाराहारीमा मत ल्याएर राष्ट्रिय दल बन्ने सुनिश्चित गरिसकेको छ।
यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले समानुपातिकतर्फको ९५ लाख भन्दा केही बढी मत गणना गरिसकेको छ।
दोलखाका केही मतदान केन्द्रमा पुनस् मतदान हुन लागेकाले यो जिल्लाभरको समानुपातिक मतगणना भएको छैन।
त्यस्तै बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को पनि मतगणना सुरु भएको छैन। बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
दोलखामा एक लाख ६१ हजार मतदाता सङ्ख्या छ भने बाजुरामा ८३ हजार मतदाता छन्। त्यस्तै स्याङ्जा(२ मा एक लाख १६ हजार मतदाता छन्।
देशभरको औसत मतदान ६१ प्रतिशत रहेको निर्वाचन आयोगले जनाएको छ।
मतगणना सुरु नभएका जिल्लाहरू पहाडी भएका कारण यहाँ यसअघि भएका मतदानमा औसतभन्दा कम मतदाता सहभागी भएको हुनसक्ने अधिकारीहरू बताउँछन्। मतदान हुन बाँकी रहेका स्थानमा चाहिँ कति मतदाता सहभागी हुन्छन् निश्चित छैन।

सम्बन्धित पोष्टहरू

अर्को खबर

ट्रेण्डिङ