युवा जागरण संवाददाता
विराटनगर । प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी नेत्री भगवती चौधरी निर्वाचित भएकी छिन। भगवती चौधरी ४०७८८ मत सहित ५१८८ मत अन्तरले निर्वाचित भएकी हुँन। उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार गच्छदारले ३५६०० मत पाए। २०७४ को निर्वाचनमा बिजय गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर ३२१ मत अन्तरले जित हात पारेका थिए भने भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।
सुनसरी ३ ९ख० प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामदेव यादव १९४७९ मत सहित ५८८ मत अन्तरले प्रदेशसभा सदस्यमा निवार्चित भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादवले १८८९१ मत पाए।
यसैगरि सुनसरी ३ ९क० प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रोहित बहादुर कार्की १८६४१ मत सहित प्रदेशसभा सदस्यमा निवार्चित भएका हुँन। उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेलले ९४९८ मत पाइन।
सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा ११ जना स्वतन्त्र उम्मेदवार सहित ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। यसैगरि सुनसरी क्षेत्र नम्बर ३ प्रदेश सभा ९क० बाट स्वतन्त्र ३ र राजनीतिक दलका १० गरि १३ जना उम्मेदवार र प्रदेश सभा ९ख० बाट ७ स्वतन्त्र र १० राजनीतिक दलका गरि १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्रतिनिधि सभाको उम्मेदवार रास्ट्रिय स्वतन्त्र पार्टी बाट कमलबाबू मैनालीले ६४५३ मत प्राप्त गरे भने रास्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलदिप चौधरीले १९०३ मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीबाट यज्ञ बहादुर कटुवालले ९४४ मत प्राप्त गरे।
युवा जागरण मिडियाका लागि
अध्यक्ष
सृजना कार्की
सम्पादक
खगेन्द्र कार्की
वेवसाइट
कृष्ण खड्का
व्यवस्थापक
ज्ञानेन्द्र पाण्डे
कार्यालय
विराटनगर, दुधफारम