Rashtriya Yuva Jagaran
Online Digital News

सुनसरीका २ र ४ मा लोकतान्त्रिक, १ र ३ मा बाम गठबन्धन अगाडि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इनरुवा, मंसिर २३ गते । सुनसरी ४ बाट लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका सदस्य तथा नेपाल सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० हजार ५१ मतका साथ अगाडि दौडिदैछन भने बाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठ ७ हजार ८ सय ६८ मतका साथ पछि पछि रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक गठबन्धनका सिताराम मेहता ८ हजार २ सय ६५ मतका साथ अग्रता लिइरहेका छन् भने उनका प्रतिद्वन्द्व माओवादी केन्द्रका हिमाल सुवेदी ७ हजार २ सय ५२ मतले पछ्याईरहेका छन् ।
यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ मा बामगठबन्धन नेतृ भगवती चौधरीले कांग्रेसका बिजय गच्छदारलाई पछाडी पारिरहेकी छन् । चौधरीले ८ हजार ५ सय ८८ मत ल्याउँदा बहालवाला उपप्रधानमन्त्री गच्छदारले ६ हजार ५ सय २१ मत प्राप्त गरेका छन्।
सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका जयकुमार राईले संघीय समाजबादी फोरमबाट उम्मेद्वार अशोक राईलाई पछाडी पारिरहेका छन् । जयकुमारले १२ हजार ८ सय ३८ मत ल्याउँदा अशोकले ५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.