Rashtriya Yuva Jagaran
Online Digital News

राष्ट्रबाद राजनीति र मेलमिलाप निती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखक बिमल सुवेदी………………………………………………

नेपाली आकाशमा चिसो र सितलहरको रुपमा आउने पुष महिना राजनीति आकासमा निकै तातो रहने महिनाको रुपमा  निकै चर्चा र परिचर्चा बिगत देखिनै अली बडिनै तातो बहस र सर्गमी बढ्ने मैनाको रुपमा हेरिन्थ्यो लिहिन्थ्यो पनि  । देशमा बहुदलिय ब्यबस्था को पुनर्स्थापित हुनु भन्दा पहिलाको गतिविधिलाई निहालेर हेर्ने हो भने तत्कालिन अवस्थामा मेरो बाल मस्तिस्कले यसरी बुजेको अहिले महसुस हुन्छ  राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन होस् वा श्री पाँच मेहेन्द्र जयन्ती तथा संबिधान दिवस पौष एक गते तथा तत्कालिन राजा बिरेन्द्र को जन्म जयन्ती पौष १४ मनाउने सिल्सिलामा गरिने प्रोग्राम हरुमामा तत्कालिन ब्यबस्थाका हिमाइते हरुको रबाफ हरेक बिद्द्याल्य को जन्मोसब जस्ता कार्यक्रममा तत्कालिन रापम्स, अञ्चलाधिसदेखी जिबिस सभापति हरुको उपस्थिती ले ल्याउने तरङ ति प्रोग्राम हरुमा हुने रौनक अहिले बिकसित रुपमा गरिएका बिभिन महोत्सब  भन्दा कम रमाइलो हुँदैनथ्यो उद्देस्य बिद्द्याल्यको जन्मजयन्ती तथा अभिभाबग दिवस भने पनि संङ्ठन पञ्च को गरिन्थ्यो । सोही समयमा नयाँ शैक्षिक सत्र सुरु सगै बिद्दालय बढ्ने फिस्को बिरुद्दमा हुने बिद्द्यार्थी आन्दोलन फिस्को बिरोधमा बिद्द्यार्थी परिचालन हुँदै गर्दा तत्कालिन ब्यबस्था को बिरोध का नारा ले गाउ गाउ मा चिसो मौसम लाई तताउने गर्दथ्यो । बालपनमा खासै तेती जानकारी नभए पनि केही शिक्षक केही प्रौड हरु मिलेर लुकी छिपी राष्ट्रिय मेलमिलाप दिवस मनाउने कार्यक्रमले छुटै तरङ ल्याउथ्यो अनी पञ्च हरुलाई के चाहियो  मेलमिलाप दिवस मनाएको कुरो एक कान दुई कान हुँदै बाहिर आएसी पञ्च हरुको कन्सिरी तात्नु स्वाभाबिक नै हो अनी के चाहियो र सुट बुट मा सजिएर बिद्द्यालयमा बिद्द्यार्थी तर्साउने को लागि बिद्द्यालय कुरुवा बस्ने दैनिकी बन्दथ्यो । अरास्ट्रिय तत्वोले टाउको उठाउन खोजेको छ तिन्लाई ठीक पार्नु पर्दछ हाम्रो हाबा पानी माटो सुहाउदो पञ्चायती ब्यबथा लाई अझ सुड्रिड गर्न राजा र छोटे राजा हरुको गुन गान गाउथे ।  पञ्चायती राष्ट्रबादले नेपालको बहुजाती बहुभासी बहुसस्क्रिती, जनता को मौलिक हक्लाई उपेक्षा गरी हर क्षेत्रमा राष्ट्रियता को रोगन लगएर निर्दलिय पञ्चायत र तेस्का पक्ष धर लाई पोस्ने काम गरेको थियो । निर्धासोजा जनता कानुनी फन्दमा पर्नु र बदमाश हरु उम्केर थर्काउने पद्दति जस्तै बनेको थियो । अति सर्बत्र बज्र्यते भने झै आखिरी निर्बिकल्प भनेको पञ्चायती ब्यबस्था को अन्त्य भएरै छाड्यो  ।

मेलमिलाप दिवस समेत बाल्यकाल्मा समाबेश भएर कक्षाकोठामा मन मिल्ने साथी भाई हरुलाई आफुले जानेका कुरा सम्झाउदा निकै आनन्द लाग्दथ्यो । बालोमनले सोच्दथ्यो सचै ति अग्रज हरुले भनेका झै  प्रजातत्न्र र समाजबाद् देशमा स्थापना गर्न सके  गाउ गाउ मा पिछाडिएर रहेका जनता को मुहार फेरिनी थियो हाम्रो कृषि प्रणाली र शिक्षा प्रणाली फेरिएर आधुनिक हुने थियो एक सम्पन्न देशको जनता हुन सकिनेथियो गाउ गाउ मा बिद्द्याल्य मा फिस तिरेर पढ्न नसक्ने बाल बलिका हरुले पनि पढ्न सक्ने थिए सबैको समान अधिकार र मौलिक हक को ग्यारेन्टी हुने थियो एस्ता मिठा मिठा कल्पना हरु मन्मा साचिने थियो । अजै पनि बिगत तर्फ फर्केर हेर्दा सञ्चैनै तो बाल्यकालमा  पञ्चायत् ले निर्दल्को रुपमा पञ्च को राजनीति गरेको अहिले आएर मेरो बुझाई भयता पनि  श्री ५ को सवारी हरेक साल नियमित जस्थो अलग अलग बिकास क्षेत्र मा जनता सग प्रत्यक्ष भेट घाट को रुपमा  हुने कार्यक्रम हरुले ठाउँ ठाउँ को बातावरण रमाइलो हुन्थ्यो भने नेपाल सरकारको एक मात्रा रेडियो भ्रमण रिपोर्ट मार्फत पाँचयात को ब्याख्या गरे पनि तेसको नेगेटिभ असर जनतामा परेको थियो जनतामा राज्नैत्क सचेतना आएको थियो जसको फल्स्वरुप पञ्चयात बिरुद्दको आन्दोलन सफल भयो । देश बाट पञ्चायती ब्यबस्था गयो राज्नतन्त्र समेत समाप्त  भई सकेको छ तथापी जनता लाई अधिकार सम्पन्न बनाउन सकिएको छैन । देश भित्र अजै पनि राष्ट्रबादी र अरास्ट्रबादी तत्व भनेर जनतासग मत माग्ने परम्परा एदपी छ । हिजो राजा महेन्द्रले बोकेको नारा आज अरु कसैले बोकेको छ हिजो हावा पानी माटो सुहाउदो भनिन्थ्यो आज मुद्दा अर्कै छ देश भित्रै जनता बिच बिभेद गरिएको छ यो गरिनु हुन्न जनता जनता बिच गरिएको बिभेद राष्ट्रियता हुन सक्दैन । आफ्नो सता गुमेको रिस मा मदेस लाई सन्तुलन्मा राख्न काङ्रेस र नेकपा माओबाद ले खेलेको भूमिकालाई राष्ट्र बाद्को नाउमा एमालेले जुन दलील पेस गर्‍यो तो पञ्चायती लिगेसी भन्दा फरक थिएन होस् पनि कसरी आखिरी उसैको झुठो पिरो चाटेर देस मा क्म्युनिस्ट सन्जाल बडेको थियो । नेपाली काङेस हरेक किसिमका बिभेद अन्त्य गरी राष्ट्रियता जोगाउन चाहन्छ राष्ट्रियता को सन्दर्भ  कही कतै सग सम्झौता गरेको छैन र गर्दैन पनि एही आडमा मदेस को कुडिएका मन लाई समेत एक्ठाउमा ल्याइ संबिधान कार्यन्यन को ढोका निर्वाचन मार्फत नेपाली काङेस ले गर्न सक्यो । निर्वाचन मार्फत संबिधान कार्यनयन गर्ने जिम्मेवारी जस्को कादमा आएको छ उसले आफ्नो निती मा सचिनु सबैलाई मिलएर लैजान पर्ने तड्कारो आवश्यकता छ  राष्ट्रिय मेलमिलाप को निती को खाचो अजै देशमा देशमा देखिएको छ ।

तीन तहको शान्ती पूर्ण निर्वाचन पछी देश अहिले ऐतिहासिक परिवर्तन लाई सस्थागत गर्दै नेपाली समाज समृद्धि र सम्भावनासहितको सामाजिक–आर्थिक रूपान्तरण को मोडमा खडा भएको छ । देशमा भएका  ठुला ठुला राजनैतीक परिवर्तन पछी राजनैतीक दलले कुनै पनि स्वतन्त्र निकायको सहयोग बिना देशको सन्क्रमण कालिन अवस्था लाई राजनीतिक दल हरु मिलेर पार लगाउन सफल भएको जग जायर छ । निर्वाचन पस्चात अबको अब पनि परिवर्तनको जगमा उभिएर आर्थिक सम्रीद्दी को आधार खडा गर्न त्यसरी राजनैतिक दल हरु सफल हुनु पर्दछ ।  सदियौ देखी थिचिएर पिल्सिएर रहेका राज्यको साधन स्रोत र भौतिक बस्तु हरुको प्रचुर उपयोग मा समान अधिकारको स्थापना गर्न सक्नु पर्दछ । यो परिस्थिती तब निर्माण हुन्छ जित को उन्माद मा नमातिकन सबैलाई समेटेर अगाडि बड्न सबै पक्ष सम्बेदन सिल हुनु पर्दछ । बर्तमान बिजेता पाट्री हरुको बिच सबभन्दा ठुलो खतराको घण्टी तब बड्ने छ  अझै पनि नेकपा एमालेले मदेश प्रतिको आफ्नो दृष्‍टिकोण पूर्वबत रुपमा एथाबत राख्दछ । नेपालको सामाजिक, सांस्कृतिक र क्षेत्रीय आयामहरू बदलिएका बादलिएको बाटोमा राष्ट्रिय स्तरका पाट्री हरु हिंड्न सक्नु पर्दछ एदी परिवर्तन लाई आत्मा साथ गरेर नहिंड्ने हो भने संबिधान को घोषणा पस्चात निकै मिहिनेत गरेर कठिन मोड बाट राष्ट्रिय एकता मा फर्काएर ल्याएको मदेश का जनता को धैरयता का बाद् फुट्न सक्दछ जुन लोक्त्रान्तिक ब्यबस्था लाई ब्यबस्थित गर्न मा फलामको चिउरा साबित हुन सक्दछ । मेरै गोरुका बार टक्का भने झै क्षणिक स्वार्थ को लागि राजनिती माथि राजनीति गरी जित्को उन्माद मा हलो अट्काएर गोरु चुट्ने काम गर्न थालियो भने परिवर्तन का पक्षधर हरु कम्जोर हुँदै जादा संघिय लोक्त्रान्तिक ब्यबस्था मा समेत प्रश्न चिन्न खाडा हुन सक्दछ पुन १९९७ देखी हरेक दस देखी १५ बर्ष को बिचमा हुँदै आएको परिवर्तन २०७७ ले अर्को मोड नलेला भन्न सकिन ।  बर्तमान संबिधानमा ब्यबस्था भए बमोजिम साम्सद मा राष्ट्रिय पाट्री को सन्ख्या कम भएको छजती छन ति सबैलाई विश्वाश मा लिएर बिजेता साथी हरुले काम गर्न सक्नु पर्दछ ।  प्रमुख प्रतिपक्ष लाई विश्वाश मा लिएर सरकार हाम्रो हो साम्सद तपाईं हरुको रचनात्मक सहयोग को अपेक्षा साहित आपसी सहयोग का हात हरु फैलाउन सक्नु पर्दछ । सबैलाई मिलाएर लान सके मात्रा परिवर्तन ले सार्थकता पाउन सक्दछ । शास्त्र मा पनि भनेकै छ  फलेको हागो नझुकेको कहाँ छ र झुक्न पर्दछ । जित्को दम र उन्माद्ले झुक्नु भनेको सर्बसो गुमाउनु हो भन्ने बुझाई गलत होएसको अप्रत्क्ष्य सन्केत राष्ट्रपतीले अत्यादेस पास नगरनुमा कारक तत्वो को हो भन्ने छरपस्ट देखियो भलै राष्ट्रपती ले ढिलो भए नि पास गर्नु भइ काठपुतली हुन बाट बच्नु भो  ।

प्रतिनिधि र प्रदेस सभाको निर्वाचन को घोषणा सगै नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच्को चुनाव ताल मेल र चुनाव पछी एकता हुने बिषयले राजनैतीक सर्गर्मी ह्वात्तै बढाएको थियो । यो राजनैतीक सरगर्मी को तातो बाफ कै कारण ले बिगतका चिसा पुष महिना को तातो रबाफ एस्पाली पौष मा देख्न पाहिन्छ भन्ने लागेको थियो  तर त्यस्तो हुन सकेन । मङ्सिर १० र २१ को चुनाव ले बामगठ्बन्दन पछीको अपेक्षा अनुसार प्राप्त भए पनि पुष  महिना को चिसो मौसम सगै राजनीतिक रुपमा तुलनात्मक रुपमा जती तातो बाफ फैलिन पर्ने हो तो भएको छैन ।  राजनीतिक पारो पुष लाग्द नलाग्दै चिसिदै जानु बामगठ्बन्दन बिच पनि चिसो पन आएको हो कि भन्ने जनआसम्का पैदा भएको छ अपेक्षा गरौ एस्तो नहोस् । एदी भयो भने सिदा जनता माथि झुठ को खेती हुने छ, नेपालमा दुइटा ठूला कम्युनिष्ट पार्टी मिलेर निर्माण भएको गठबन्धन र प्रकारान्तरoमा हुने पार्टी एकताको विषयले नेपालको राजनीतिक स्थिरताआर्थिक समृद्धि र विकासमा महत्त्वपुर्ण योगदान पुग्ने अनुमान खाली अनुमान मिथ्या साबित नहोस् ।  लामो समय देखी कुनै प्रधानमन्त्री ले आफ्नो कार्यकाल पुरा गर्न नसकेको नेपालको राजनैतीक ईतिहास चिर्दै यो गठ्बन्धन ले देशको चौतर्फी बिकासको ढोका खोल्ने छ भन्ने विश्वाश जनमानसमा छ कथानी अनुसारको करनि पनि हुनेछ भन्ने अपेक्षा हो । राष्ट्रिय सभा को बिद्देयक सम्बन्ध मा हलो अड्काउन खोज्नु प्रधान मन्त्री ले निकास दिएन भनेर राजनीति तरङ मोड्न खोज्नु का पछाडि संयुक्त चुनाव लडेका दुइपाट्री बिचको आन्तरिक द्वन्द हो भनेर स्पस्ट बुज्न सकिन्छ । चुनाव भाईसके पछी स्वतह शेरबहादुर सरकार काम चलाऊ भाई सकेको छ काम चलाऊ सरकार को काम भनेको कानुनी प्रकृया पुरा गरी सत्ता हस्तान्तरण गर्नु मात्रा हो । बहुमत प्राप्त दल्ले संबिधानत सम्सदिय दल्को नेता तय गरी सरकार गठन गर्न दाबी गर्नु पर्ने हुन्छ तर अहिले सम्म तो दिसा मा बडन नसक्नु कहि न कही कम्जोरी छ । आफुभित्र को कम्जोरी अर्को लाई थुपार्नु कती सम्म जायज हुन सक्दछ र ?  चिसो मौसम मा लागेको हुस्सु ले काग हराए झै गठ्बन्दन पनि कतै कुहिराको  काग त बनेको हैन कौतुहलता को बिषय   आलो पालो चलाऊने नेत्रीतो पनि त्यसरी लिने भनी मिड्यामा छाएका समाचार ले एही सन्केत गर्दछ भनिन्छ हावा नआइ पात हल्लिदैन ।

देशलाई भ्रष्टाचार मुक्त बनाउने शिक्षा स्वास्थ्य र गास बास कपास जनता को नैसर्गिक अदिकार लाई पारीपुर्ती गर्ने र त्यहा भित्रको बेथिति हटाउने, एकल महिला दन्द्व कालिन पीडित हरुको समस्या अबसरको खोजिमा बिदेस भौतारिने युवा बर्ग लाई उचित रोज्गारिको ब्यबस्था, जस्ता कुराको समाधान हुन सकुन ।  परिवर्तन को छनक संबिधान भित्र भएका लामा खेल हरुलाई छिटो छरितो रुपमा टुङ्याउने हामीले आँफैले बनाएको संबिधान को मर्म भावना नबुजी कन कुनै ब्यक्ती बिशेष र राजनैतीक दल लाई आरोप मात्र लगाएर आफु पानी माथिको ओभानो भन्ने प्रयास नगरौ । जनता कानुन मान्छन नेताहरु ले संबिधान को मर्म र भावना अनुसार चल्न चल्न सक्नु पर्दछ तब मात्रा कानुनी राज्यको स्थापना हुन सक्दछ । संबिधानको मर्म भावना बिपरित नेता हरुनै बोल्दै हिंड्ने हो भने लोक्त्रन्त्र भिड तन्त्रमा पारीणत नहोला भन्न सकिन । आधुनिक इलोक्ट्रानीक जवानामा चिट्ठी पत्र को आधारमा काम गर्न खोज्नु नेता हरुको कम्जोरी हो सरकार गठन को बिबाद हेटौंडा को गाडी काठमान्डौ सिधै नगएर पोखरा पुगेर काठमाण्डौ जाने गरी बनाउनु भनेको कती बैज्ञानीक हो कम्तिमा एस्ता समस्या को समाधान राजनैतीक दल हरुले बसेर समाधान गर्न सक्नु पर्दछ । लोक्त्रन्तको सुद्द्रिडी करण मा नेता लोकतन्त्रको मान्यता र विविधतालाई आत्मसाथ गरी संबिधान को भाब अनुसार अगाडि बड्नु र राष्ट्रिय पाट्री हरु बिच परसपर सम्बन्ध र साहकार्य रचनात्मक सहयोग को आवश्यकता अझै छ ।  राष्ट्रिय मेलमिलाप को निती एही भन्दछ तेसैले मेलमिलाप नितीको सान्दर्भिकता अझै छ एकतामानै बल हुन्छ सकेसम्म जुटेर देशको तमाम समस्या समाधान गर्न बर्तमान बिजयी पक्ष सक्षम होस, हार्दिक शुभकामना ।  जयनेपाल 
लेखक गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतार आईसीसी सदस्य तथा जनसम्पर्क समिति कतारका पूर्व सभापति हुन् ।

Leave A Reply

Your email address will not be published.