Rashtriya Yuva Jagaran
Online Digital News

एयरपोर्टबाटै ओलीले सञ्चारकर्मीलाई सचेत गराउँदै असन्तुष्टि व्यक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, माघ ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थायल्याण्डबाट फर्कने वित्तिकै त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सञ्चारजगतप्रतिको असन्तुष्टि व्यक्त गरेका छन् ।
ओलीले भने– थाइल्याण्डमा रहँदा आफूले नेपालको बारेमा धेरै अनलाईनहरु हेरे, पढे । कतै राजतन्त्र फर्काउने पक्कापक्की भयो भन्ने जस्ता समाचार पनि पढियो । उनले थपे – जनताको सुसूचित हुने अधिकार भनेको दिग्भ्रमित हुने होइन । सुसूचित हुने हो । सञ्चार क्षेत्रको काम भनेकै सुसुचित गर्र्ने हो । हामीले हाम्रो समाजलाई सुन्दर समाज, सभ्य समाज बनाउन कुनै पनि चिजलाई समुचित, मर्यादित, विधिवत ढंगबाट सभ्य व्यक्ति र सभ्य व्यक्तिहरु परिचालन हुन्छन् र त्यस्तो समाज निर्माण गर्नुछ यसमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने औल्याएका छन् ।

Leave A Reply

Your email address will not be published.